दूधे आयुर्वेद औषधालयद्वारा १ सय ४० जना ज्येष्ठ नागरिकलाई निशुल्क औषधी वितरण
Published:
by .शिवसताक्षी । झापा शिवसताक्षी वडा नं. ३ का ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण तथा रसायनिक औषधी वितरण गरिएको छ । सोमबार दूधे आयुर्वेद औषधालयले वडाकार्यालयमा एक कार्यक्रम गरी वडाका १४० जना ज्येष्ठ नागरिकहरुलाई सुगर प्रेसरको निशुल्क जाँच र रसायन औषधी वितरण गरेको हो ।
उनीहरुलाई नगरप्रमुख मेगाहाङ्ग थोप्रा, उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राई र वडाध्यक्ष भाष्कर न्यौपानेले संयुक्तरुपमा ज्येष्ठ नागरिकलाई औषधी प्रदान गरेका हुन्।
औषधी वितरणका क्रमममा नगरप्रमुख थोप्राले आयुर्वेद चिकित्सा विज्ञानबाट परापुर्व कालदेखि हाम्रा पुर्खाहरुले उपचार गर्दै आएको बताए । उनले आयुर्वेद प्राचिन कालदेखि मान्दै आएको र यसबाट दीर्घ रोगहरुलाई साइड असर नपर्ने गरी काम गर्ने भएकाले पनि पछिल्लो समय यसमा जन विश्वास बढ्दै गरेको पाइएको बताए । तत्काल विरामीको दुखाई कम गर्न एलोपेथिक औषधी प्रयोग गरिएपनि लामो समय रहेका विरामीहरुलाई आयुर्वेद उपचार पद्धतिले धेरै राम्रो गर्दै आएको उनले जानकारी दिए । नगरपालिकाले नगरभित्रका ज्येष्ठ दीर्घ रोगीहरुका लागि बेला बेलामा औषधी वितरण गर्दै आएको उनको भनाई थियो ।
त्यस्तै उपप्रमुख नरमाया कार्कीले बृद्ध बृद्धा हामीलाई बाटो देखाउने अभिभावक भएकाले उनीहरुको हेरचाह स्वास्थ्यको विषयमा नगरपालिकाले विशेष प्राथमिकतामा राखेर काम गरिरहेको बताइन् । उनले ज्येष्ठ नागरिकले सरकारबाट पाउने भत्ता सहज रुपमा पाउनु भएको छ की छैन, तपाईहरु कुनै कारणबाट पीडित हुनु भएको छ की छैन, यदी त्यस्तो भए नगरपालिकामा जानकारी गराउन आग्रह गरेकी थिइन् । दुधे आयुर्वेद औषधालय वितरण गरेको औषधी नियमित रुपमा सेवन गर्न सुझाएकी थिइन् ।
दूधे आयुर्वेद औषधालयले ज्येष्ठ नागरिकलाई इम्युनिटी बढाउने र स्वास्थ्य बद्र्धक औषधी अश्वगन्धा चुर्ण, गुडुची चुर्ण, अमलकी चुर्ण वितरण गरिएको दुधे आयुर्वेदका कविराज तथा निरिक्षक राजेन्द्र पोख्रेलले जानकारी दिए । उनले नगरपालिकाको सहयोगमा १ लाख बराबरको औषधी वितरण गरिएको जानकारी दिए। ज्येष्ठ नागरिकहरुलाई चिसो मौसममा ज्येष्ठ नागरिकलाई राती निन्द्रा नलाग्ने, जोर्नीहरु दुख्ने लगायत विभिन्न रोगले सताउने गरेकाले स्वास्थ्य वद्र्धक औषधी वितरण गरिएको कविराज पोख्र्रेलले जानकारी दिए । ज्येष्ठ नागरिकलाई थप औषधी आवश्यक भएमा दुधे आयुर्वेदमा सम्पर्क गर्न पनि उनले सुझाएका छन् ।
औषधी वितरण कार्यक्रमा वडा ३ का वडाध्यक्ष भाष्कर न्यौपाने र वडा सदस्यहरुले पनि शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन कविराज राजेन्द्र पोख्रेलले गरेका थिए ।
Comments