Sajhamanch Archive

पारिजात बहुदेश्यीय सहकारीको साधारणसभा, ६१ प्रिन्ट रगत संकलन

Published: in विविधा, समाज, सहकारी by .

शिवसताक्षी । झापा शिवसताक्षी ८ झिलझिले स्थित पारिजात बहुदेश्यीय सहकारी संस्थाले रक्तदान गर्दै वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

मंगलबार झिलझिले स्थित संस्थाको कार्यालय परिसरमा प्रथम वार्षिक साधारण सभाको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ६१ प्रिन्ट रगत संकलन गरिएको छ ।

जसमा ६ महिला र पुरुष ५५ जनाले रक्तदान गरेका संस्थाका अध्यक्ष सागर राईले जानकारी दिए । उनका अनुसार हाल बिभिन्न रोगका कारण जिल्ला तथा जिल्ला बाहिरका बिरामीहरुलाई रगतको हुन नदिन रक्तदानको कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले पारीजात बहुदेश्यीय सहकारी संस्थाको प्रशंसा गर्दै छोटो समयमा पनि राम्रो प्रगति गर्दै सामाजिक कार्यमा पनि उत्तरदायित्व बहन गरेको भन्दै हौसला प्रदान गरिन । उनले यस संस्थाको कार्यक्षेत्र धेरै रहेकोले सेयर सदस्यहरुको सधै हितमा रहेर काम गर्न आग्रह गर्दे नगरबाट दिन सक्ने आवश्यक सहयोग यस संस्था प्रति सधै रहने प्रतिबद्धता जनाइन ।

१ बर्ष अघि स्थानीय युवाहरुको सक्रियतामा स्वदेशमा नै केहि गरौ भन्ने दृड संकल्मको साथ स्थापना गरि संचालन गरिएको यस संस्थामा हाल ७ सय ३ जना सेयर सदस्य रहेको र शेयर पुँजी २४ लाख ७८ हजार २सय रुपैया रहेको छ भने २९ लाख ४५ हजार ९सय ८२ रुपैया बचत गरि ३१ लाख ८९ हजार ९सय ७४ रुपैया ऋण लागानी गरेको संस्थाका अध्यक्ष पुष्पराज अधिकारी द्धारा बार्षिक प्रतिबेदनमा उल्लेख गरिएको छ ।

कार्यक्रममा उत्कृष्ट बचतकर्ता पर्बत भण्डारी, असल ऋणि भिमबहादुर मगार र उत्कृष्ट बालबचतकर्ता युम्ना राईलाई सम्मानित गरिएको थियो ।

कार्यक्रममा किसान कृषि सहकारीका उपाध्यक्ष हरिशंकर सिलवाल ,शिवसताक्षी सहकारी समन्वय समितिका संयोजक राजनारयण राजबंशी, शिवसताक्षी ८का वडाध्यक्ष सन्तकुमार फेवदिन,वडा नम्बर ११का अध्यक्ष बहादुर आङबोले शुभकामना मन्तब्य राखेका थिए। संस्थाका उपाध्यक्ष अर्जुन राइको स्वगत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन संस्थाका व्यवस्थापक सागर राईले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *