Sajhamanch Archive

ऐतिहासिक तथा धार्मिक क्षेत्र सताक्षीधामको नेतृत्वका लागि तीन जनाको रोचक प्रतिश्पर्धा

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज, by .

शिवसताक्षी । झापाको ऐतिहासिक तथा पर्यटकीय क्षेत्र सताक्षीधामको धार्मिक तथा पर्यटन विकास समितिमा तीन जनाको प्रतिश्पर्धा हुने भएको छ ।

झापाको शिवसताक्षी ११ मा रहेको पूर्वकै पौराणिक इतिहास बोकेको सताक्षीधाम धार्मिक तथा पर्यटन विकास समितिको नेतृत्वका लागि अध्यक्षमा तीन जनाको उम्मेद्वारी परेको छ । जसमा तुला बोखिम, रुद्रमणी भट्टराई र प्रसाद सुब्बा रहेका छन् । समितिको नेतृत्वका लागि पुष २ गते निर्वाचन तोकिएको निर्वाचन समितिले जनाएको छ ।

समितिको अधिवेशनबाट कार्यसमिति चयन नसकेपछि निर्वाचन प्रकृयामा गएको हो । लामो इतिहास बोकेको सताक्षीधाम पुर्बकै धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा परिचित छ । यस यस क्षेत्रको चौतर्फी बिकास र प्रर्बधनको लागी सक्षम नेतृत्वको आवश्यक रहेकोले निर्बाचन प्रकृयाबाट यहि पौष २ गते टुङगो लाग्ने जनाइएको छ ।

बोखिम समाजमा राम्रै प्रभाव भएका युवा ,जुझारु नेता हुन, उनी युवा पंङ्तीमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने क्षमता भएको व्यक्तिका रुपमा चिनिन्छन्। त्यसैगरी सुब्बा लामो समय धाम विकास समितिको नेतृत्व गर्दै आएका हुन् । उनी अन्य सामाजिक संस्थामा समेत आवद्ध छन् ।

भट्टराई शिक्षक तथा कानून व्यवसायी हुन् । उनको समाजमा राम्रो छाप छ भने विभिन्न सामाजिक संघ संस्थामा समेत उनी आवद्ध छन् ।

त्यस्तै उपाध्यक्ष पदमा तीन जनाको उम्मेद्वारी परेको छ । जसमा धाम विकास समितिका निर्वतमान सचिव उदयप्रकाश राई, कृष्णप्रसाद खरेल, पर्वत थुलुङ र पर्शुराम खतिवडा रहेका छन् ।

त्यस्तै सचिवमा कृष्णकुमार श्रेष्ठ, कालीप्रसाद रिजाल, नारायणप्रसाद अधिकारीको उम्मेद्वारी रहेको छ । त्यसैगरी सह–सचिव पदमा गणेश श्रेष्ठ, नेत्रप्रसाद निम्सिना, झमकबहादुर गौतमको उम्मेद्वारी रहेको निर्वाचन समितिले जनाएको छ। त्यस्तै खुल्ला सदस्यहरुमा कृष्णचन्द्र सेलिङ (सेलिङ केसी), गंगाधर तिम्सिना, मिलनकुमार राई, गणेश भेट्वाल, शैलेन्द्र चापागाई, पर्शुराम खरेल, खडकबहादुर थापा, योगनीधि बास्तोला, कुवेरप्रसाद लुइटेल, श्यामलाल गिरी, डिकबहादुर बुढाथोकी, डम्बरबहादुर दाहाल रहेका छन् । त्यस्तै महिला सदस्यमा उमादेवी लुइटेल, निर्मला यादव, तारादेवी मेहेता, तारादेवी प्रसाई रहेका छन् । कोषाध्यक्षमा मदनमोहन अधिकारी सर्वसम्मत चयन भइसेका छन् । विधान अनुसार समितिमा १३ जना निर्वाचित हुने छन् भने एक महिला र एक पुरुष मनोनित हुने छन् ।

आजीवन सदस्यहरु एक हजार ४० सम्म रहेको यस संस्थामा ३ पटकसम्म आजीवन सदस्यको गणपुरक हुन नसक्दा मंसिर २४ गते शनिबार विधान अनुसार उपस्थित आजीवन सदस्यहरुको उपस्थितिले निर्वाचनको मार्ग प्रशस्त गरेको थियो ।

निर्वाचन समितिका संयोजक दिपककुमार न्यौपानेका अनुसार निर्वाचनको आम कानून अनुसार सबै प्रयास गरेको र सहमती जुट्न नसक्दा निर्वाचन गर्नु परेको हो ।

उम्मेद्वारहरु धेरै भएकाले कुन उम्मेद्वार कुन दलसँग समिकरण गर्दैछन् भन्ने एकिन नहुँदा नेतृत्वका लागि रोचक प्रतिश्पर्धा हुने देखिन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *