Sajhamanch Archive

डुँडामारी र झिलझिले बजारका जीर्ण बन्दै गएका सडक फेरी कालोपत्रे

Published: (Updated: ) in विविधा, समाज, स्थानीय तह by .

शिवसताक्षी । झापा शिवसताक्षीको डुँडामारी र झिलझिले बजारका जीर्ण बन्दै गएका सडकमा फेरी कालो पत्रे गर्न सुरु गरिएको छ ।

सडकको कालोपत्रे उक्किन थालेपछि शिवसताक्षी नगरपालिका र सडक सडक बोर्ड नेपालको साझेदारी लगानीमा डुडाँमारी हल्लार चौक सडक र झिलझिले बजारका दुई सडकमा फेरी कालो पत्रे गर्ने काम सुरु गरिएको हो ।

सडकको जीणोद्धार लागि नगरको २६ लाख ४५ हजार १५८ र सडक बोर्ड नेपालको ३५ लाख रुपैयाँ खर्च भएको छ । ५८ लाख २० हजार १२९ रुपैयाँमा नगरका सब इन्जिनियर पेरिस घिमिरेले बताए ।

घिमिरेका अनुसार डुँडामारी सडक ३८८ मिटर र झिलझिलेमा दुई ओटा सडक गरेर ७४५ मिटर सडक रिपेरिङ्ग गरिएको हो ।

झिलझिले र डुँडामारी सडकमा विगतमा गरिएको कालो पत्रे उक्किन थालेपछि पुन कालोपत्रेको काम सुरु गरिएको शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले जानकारी दिए । उनले कालोपत्रे गर्नेकाम दिउँसो बजारलाई असर पर्ने भएकाले बेलुकी पख गरिएको जानकारी दिए ।

हाल झिलझिलेको दुई सडकको काम भइरहेको छ । झिलझिले बजारको पुरानो सडकमा पार्केटिङ्ग ट्याल्स विछ्याइने योजना रहेको समेत नगर प्रमुख थोप्राले बताए ।

कालो पत्रेको काम नगरप्रमुख मेगाहाङ्ग थोप्रा र उपप्रमुख नरमाया कार्कीले प्रत्यक्ष निगरानी गरेका छन् । विगतमा गरिएको कालोपत्रे छोटो समयमा नै उक्किएकाले गुणस्तरीय कामका लागि प्रत्यक्ष निगरानी गरिरहेको उपप्रमुख नरमाया कार्कीले जानकारी दिइन् ।

मंंसिर १६ गते संझौता भएको यो योजना ०८० साल जेठ ३० गते सम्ममा जीणोद्धार सम्पन्न गर्नुपर्ने थियो । तर, संझौताको पाँच महिना अघि नै ग्लोवल कन्स्ट्रक्सनले काम सम्पन्न गर्न लागेको हो । ‘अवको दुई दिनमा नगरपालिकासँगको सम्झौता नुसारको काम सम्पन्न हुने कन्ट्रक्सनका संचालक प्रकाश साँवाले जानकारी दिए ।

अघिल्लो आ.ब.मा सडक नेपाल बोर्डबाट स्वीकृत बजेट र शिवसताक्षी नगरपालिकालको साझेदारीमा काम भइरहेको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *