Sajhamanch Archive

हङकङमा एउटा दर्दनाक प्रेमील अन्त्य

Published: in टिप्स/जानकारी, परदेश (प्रवास) by .

हङकङको सुन्दर प्राकृतिक दृश्य र आधुनिकतालाई पृष्ठभूमि बनाएर निर्माण गरिएको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

एचके ट्युव नेपाल अनलाइन टिभीको प्रोडक्सनमा तयार भएको भिडियोलाई मज्जाको राईले निर्देशन, छायाङ्कन र सम्पादन गरेका छन् ।

भिडियोमा बिनोद बस्नेत र शान्ति नेपालीको रोमान्स देख्न पाइन्छ । ‘छाल बनी सागरले’ बोलको गीत सुमित खड्काले गाएका हुन् ।

उक्त गीतमा निरज श्रेष्ठको संगीत र भेषबहादुर शाहको शब्द रहेको छ ।

भिडियोमा सेन्स अफ क्लिकको आकर्षक ड्रेस डिजाइनिङ्, रेवती खड्काको मेकअप रहेको छ । लिलेश्वरी खड्का र सुनिल मलले संयुक्तरुपमा भिडियो मेकिङ्गको ब्यवस्थापन गरेका हुन् ।

प्रेमका आएको असमझदारी र त्यसले निम्त्याएको परिणाम नै भिडियोको मूल कथा हो ।

पछिल्लो समय हङकङमा नेपाली गीतका भिडियोहरु बन्ने क्रम जारी छ । समुन्द्र, गगनचुम्बी भवन, सफा सडक आदि दृश्यले विदेशमा बनेको भिडियोहरुले नेपाली दर्शकहरुको मन जितिरहेको छ ।

भिडियो हेर्नका लागि तलको लिङ्कमा क्लिक गर्नुहोस्:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *