Sajhamanch Archive

सताक्षी गोरक्षा महोत्सव २०७९ को आय व्यय सार्वजनिक

Published: in विविधा by .

शिवसताक्षी । झापाको ऐतिहासिक तथा धार्मिक क्षेत्र सताक्षीधाममा रहेको श्री गोलोक गोवर्धन गौशालाले सताक्षी गोरक्षा महोत्सव २०७९ आय व्यय सार्वजनिक गरेको छ । गौशालाले गएको मंसिरमा आयोजना गरेको गोरक्षा महोत्सवको आय व्यय सार्वजनिक गरेको हो ।

महोत्सवमा २३ लाख १७ हजार ७७६ आम्दानी र २१ लाख ६६ हजार ११५ खर्च भएको श्री गोलोक गोवर्धन गौशालाका संरक्षक तथा अध्यक्ष आचार्य नन्दकिशोर भारद्वजले जानकारी दिए । उनका अनुसार महोत्सवबाट १ लाख ५१ हजार ६६१ रुपैया रकम बचत भएको छ ।

जसमा रसिद बुक बाट १८ लाख ४१ हजार ८७८ , दान पेटिकाबाट २ लाख ८८ हजार ५०२ र महाराजजीबाट १ लाख ८७ हजार ३९६ रकम संकलन भएको गोलोक गोवर्धन गौशालाले जनाएको छ । त्यस्तै गौशलाका अनुसार धान ४० मन, चामल ४० क्वीटेल, चोकर ४० बोरा, नुन ५० बोरा र पराल १० ट्याक्टर संकलन भएको थियो ।

धार्मिक क्षेत्र सताक्षीधाममा गोवर्धन गौशालाले धामको अन्तराष्ट्रिय स्तरसम्म प्रचार प्रसार गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको संरक्षक तथा अध्यक्ष भारद्वजाले जानकारी दिए। महोत्सवमा लगाइएको गोरक्षा पुराणमा जगतगुरु बालसन्तले प्रवचन दिनु भएको थियो भने, पुर्व अध्यक्ष केपी शर्मा ओली समेतको आगमन भएको गोवर्धन गौशालाले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *