नेकपा एमाले वडा कमिटीद्वारा सन्तवीरको उपचारमा सहयोग
Published: (Updated: )
by .शिवसताक्षी । नेकपा एमाले, शिवसताक्षी १ वडा कमिटीले लामो समयदेखि नसाको बिमारबाट थला परेका सन्तवीर माझीलाई आज सहयोग गरेको छ ।
नेकपा एमाले शिवसताक्षी वडा नं.१वडा कमिटीद्वारा संकलित रु. २७ हजार ६ सय ५ रुपैया माझीलाई सहयोग हस्तान्तरण गरेको हो।
ढल्कन्दै गएको उमेरसँगै विकासे शरीरका जुहिनाहरु कमजोर बन्दै जानू स्वभाविकै हो ।उमेर र बैँस छदाँ घर–परिवारको जिम्मेवारी, समाजसेवा र कर्तव्य निष्ठा भई निस्वार्थ देश र जनताको काममा लागे तर अहिले शरिरभरी अनेकौ रोगहरु बोकेर निकै कष्टकर जीवन बिताइरहेका माझीको उपचारमा आर्थिक अभाव भएको छ ।
नेकपा एमालेका पार्टी अध्यक्ष केपी ओलीसँगै राजनीतिमा होमिएको माझी पार्टीको पक्षमा रहि वि.सं.२०५४ मा निर्वाचित वडा सदस्य समेत हुन् ।
नेकपा एमाले सुख दुस्खमा साथ दिने पार्टी रहेको सहयोग रकम सन्तवीर र परिवारलाई हस्तान्त्रण गर्दै नेकपा एमाले वडा कमिटी अध्यक्ष नरेन्द्र दाहालले बताए ।
शिवसताक्षी वडा नं.१का वडा अध्यक्ष लक्ष्मीप्रसाद चेम्जोङ,निवर्तमान वडा अध्यक्ष सुवास राई,समाजसेवी माधवप्रसाद भण्डारी वडा सदस्यहरु नारायणप्रसाद रिजाल ,उमा माझी ,पूर्णजंग चेम्जोङ,लक्ष्मीनारायण मा वि व्यवस्थापन समिति अध्यक्ष भीम खवास सहित स्थानीय क्रियाशिल समाजसेवी तथा पत्रकारहरुको टोलीले माझीको घरमै गएर सहयोग हस्तान्तरण गरेको हो ।
Comments