Sajhamanch Archive

आगामी बैशाखबाट सहकारी अस्पतालले उपचार सेवा सुरु गर्ने

Published: in विविधा, समाज, सहकारी by .

बिर्तामोड । झापामा निर्माणाधिन नागरिक सहकारी अस्पतालको काम ३० प्रतिशत पुरा भएको छ।

झापाको बिर्तामोड–४ मा निर्माणाधिन नागरिक सहकारी अस्पतालको ३० प्रतिशत काम पुरा भएको हो । आउँदो बैशाखसम्ममा उपचार सेवा सुरु गर्ने लक्ष्य राखिएको कार्यकारी प्रमुख कृष्ण पौडेलले जानकारी दिए ।

बिर्तामोडको कञ्चनजंगा स्कुल नजिकै निर्माण भइरहेको नागरिक सहकारी अस्पतालको माटोमुनीको काम समेर पिलर उठाउने काम थालिएको छ । कार्यकारी प्रमुख पौडेलका अनुसार माथिको भागमा फलामको प्रयोग बढि हुने हुँदा काम छिट्टै अघि बढ्नेछ । दुई तलाको काम सकेर उपचार सेवा प्रारम्भ गर्छौ, पौडेलले भने – त्यसपछि माथिको काम थालिनेछ । अस्पताल तीन तलाको हुनेछ ।

स्वाथ्य उपचारलाई धेरै व्यापारीकरण गरेको भन्दै सर्वसुलभ सेवाका लागि नागरिक सहकारी अस्पतालको परिकल्पना गरिएको हो । अस्पतालमा आम नागरिकको शेयर लगानी हुनेछ, पौडेलले भने – यस अस्पतालमा सवर्वसुलभ मुल्यमा गुणस्तरीय सेवा पाइनेछ । ५५ शैयाको अस्पताल बैशाखसम्ममा सञ्चालन गर्ने सञ्चालक समितिको योजना रहेको छ ।

२ सय बढिले शेयर लगानी गरिसकेको अस्पतालमा १ लाख २५ हजारदेखि ५ लाख २५ सम्म लगानी गरिएको छ । उक्त अस्पतालका शेयर सदस्यहरुलाई विशेष छुटमा उपचार सेवा प्रदान गरिने बताइएको छ । पौडेलले वृद्ध र अशक्त शेयर सदस्यलाई घरमै उपचार सेवा प्रदान गरिने जानकारी दिए । उनले उपचार गर्न ठुलो आर्थिक क्षति व्यहोर्नु परिरहेको बाध्यतालाई केहि मात्रामा हल गर्न नागरिक अस्पतालको निर्माण थालिएको जानकारी दिए ।

साढे १० कठ्ठा जमिनमा निर्माण भइरहेको अस्पतालको भौतिक संरचना निर्माण पुरा गर्न १० देखि १२ करोड लगानी अनुमान गरिएको छ । अस्पतालको अन्य सामग्री खरिदसहित उपचार सेवा सञ्चालनका लागि ३० करोडमाथि लगानी अनुमान गरिएको पौडेलको भनाई छ । गत जेठ महिनादेखि निर्माण सुरु गरिएको अस्पतालमा स्थानीय व्यवसायी, सामाजिक एवम् राजनीतिक व्यक्तित्वहरु, विभिन्न क्षेत्रमा आवद्धले लगानी गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *