Sajhamanch Archive

शिवसताक्षी नगरपालिकामा न्युनतम रोजगार कार्यक्रम सुरु

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज, स्थानीय तह by .

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमको सुभारम्भ गरेको छ । नगरपालिकाले आ.व. २०७९÷८० का लागि प्रधानमन्त्री रोजगार कार्यक्रमको सुभारम्भ गर्दै लाभग्राही श्रमिकहरुलाई दुई दिने अभिमुखीकरण तालिमको आज उद्घाटन गरेको हो ।

उद्घाटनका क्रममा शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले श्रमिकहरुले काम सँगै सीप सिक्ने पन अवसर पाउँने भएकाले सोको सदुयोग गर्नु पर्ने बताइन् । नगरपालिकाको रोजगार कार्यक्रममा काम गरेका श्रमिकले भोली कुनै पनि ठाउँमा काम गर्न सक्ने भन्दै उनले यसलाई पैसाका लागि मात्र नभएर आफुलाई दक्षता हासिल गर्न समेत सुझाइन् ।

प्रधान मन्त्री रोजगार कार्यक्रम १०० दिन चल्ने रोजगार संयोजक विदुर तिम्सिनाले जानकारी दिए । उनका अुनसार एउटा कामदारले जम्मा ५७ हजार ७ सय रकम प्राप्त गर्नेछन् । नगरपालिकाका गरिब तथा विपन्न परिवारका ६१ जनालाई पहिलो चरणमा काम लगाइने भएको छ । दुई दिवशीय अभिमुखीकरण कार्यक्रमको पहिलो दिन श्रमिकहरुलाई काम गर्दै जादा आइपर्ने समस्या र त्यसको समाधानका विषयमा आधारिक पाठ्यक्रम अनुसार तालिम प्रदान गरिएको छ । भोली रोजगार उपभोक्ता समितिलाई योजना सञ्चालन सम्बन्धमा प्रकृयागत विषयमा अभिमुखीकरण गराइने रोजगार शाखाले जनाएको छ ।

यसै बीच लाभग्राही श्रमिकलाई कामका लागि आवश्यक सामाग्री हस्तान्तरण गरिएको छ । उनीहरुलाई व्यक्तिगत सुरक्षा सामाग्री, औजार तथा प्राथमिक उपचार सामाग्री समेत वितरण गरिएको रोजगार सृंयोजक तिम्सिनाले जानकारी दिए ।

कार्यक्रममा रोजगार स्थानीय निर्देशक समितिको सदस्य तथा वडा नं. ४ का वडाध्यक्ष विष्णु प्रसाई, वडा नं. ११ का वडाध्यक्ष बहादुर आङ्गबो र वडामा रोजगार कार्यक्रमको सहजीकरण गर्ने वडा सदस्यहरुको उपस्थिति रहेको थियो । अभिमुखी कार्यक्रमको सहजीकरण रोजगार संयोजक विदुर तिम्सिनाले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *