Sajhamanch Archive

शिवसताक्षी १० स्थित कनकाई नदिको किनारमा एक पुरुषको शव फेला

Published: (Updated: ) in मुख्य समाचार, विविधा, विविधा, समाज by .

शिवसताक्षी । । झापाको कनकाई नदिको किनारमा एक पुरुषको शव फेला परेको छ । शिवसताक्षी नगरपालिका वडा नं. १० ट्क्रामा स्थित कनकाई नदिको किनारमा अन्दाजी ४५ वर्ष उमेरको शव फेला परेको झापा प्रहरीले जनाएको छ ।

उत्तानो परेको अवस्थामा शव फेला परेको छ, घटनास्थलमा खटिएका एक प्रहरीले भने – ‘हामीले घटनास्थल सुरक्षित गरेर राखेका छौं ।’ सुरुङाका एक पुरुष समेत हराइरहेकोले उहाँहरुको परिवारलाई समेत बोलाइएको छ, प्रहरीले भने ।
फेला परेको शवमा चोटपटक समेत देखिएको छ । घटनास्थलमा खटिएका प्रहरीले भने, अहिले हामी बोल्न मिल्दैन, प्रक्रिया अनुसार अनुसन्धान अघि बढाइने नै छ । घटनास्थलमा इलाका प्रहरीका झिलझिले र बिर्तामोडका डिएसपी खटिएका छन् ।

शवको टाउकोमा चोटैचोट हातभरी रगत देखिएको शिवसताक्षी नगरपालिका वडा नं. १० का वडाध्यक्ष हर्क सिगुले जानकारी दिए । शव फेला परेको प्रहरीलाई ४ बजे सूचना पुगेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *