Sajhamanch Archive

शताक्षी स्वतन्त्र मजदुर निर्माण व्यवसायी संघद्वारा झिलझिले माविका विद्यार्थीलाई न्यानो कपडा वितरण

Published: (Updated: ) in विविधा by .

शिवसताक्षी । शिवसताक्षीमा रहेको शताक्षी स्वतन्त्र मजदुर निर्माण व्यवसायी संघलेले शिवसतक्षीका दुई सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई जाडोमा न्यानो कपडा वितरण गरेको छ ।

संस्थाले शिवसताक्षी ८ को झिलझिले माध्यमिक विद्यालयका ५० जना विद्यार्थीलाई जाडोमा लगाउने सुइटर वितरण गरेको हो । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद राजधाकृष्ण खनाल र संस्थाका अध्यक्ष किसोर बहादुर मगरले वितरण गरेका हुन् । झिलझिले माविका कक्षा १ देखि ६ सम्ममा छात्र छात्रालाई जाडोमा विद्यालय आउन सहज होस भन्ने उद्देश्यले न्यानो कपडा वितरण गरिएको संस्थाका अध्यक्ष किसोर बहादुर मगरले जानकारी दिए ।

कार्यक्रममा प्रदेश सांसद खनालले अधिकांश सामुदायिक विद्यालयहरुमा गरिब तथा विपन्न परिवारका छोरा छोरीहरुले अध्ययन गर्ने भएकाले जाडोको समयमा विद्यालय आउन असहज हुने बताए । जाडो समयमा शताक्षी स्वतन्त्र मजदुर निर्माण व्यवासयी संघले विद्यार्थीलाई सुइटर वितरण गरेर उनीहरुको अध्ययनमा सहयोग पु¥यायएको भन्दै संस्थालाई धन्यवाद दिएका थिए ।

त्यसैगरी संस्थाले आउँदो मंगलबार शिवसतक्षी ४ स्थित कनकाई प्राथमिक विद्यालयका ६५ जना छात्र छात्रलाई पनि न्यानो कपडा वितरण गर्ने जनाएको छ ।

कार्यक्रममा वडाध्यक्ष सन्त फेउदिन, विद्यालय व्यवस्थापन समिति अध्यक्ष पर्शुराम ढुंगाना, प्रधानाध्यापक ख्यामराज निरौला,लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन संस्थाका लेखा समिति संयोजक मिलन राईले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *