Sajhamanch Archive

बारामा गोली प्रहारबाट व्यापारीको मृत्यु

Published: in विविधा, समाज by .

बारा । बारामा गोली प्रहारबाट एक भारतीय नागरिकको मृत्यु भएको छ । शुक्रबार साँझ ६ बजे गोली प्रहारबाट बिहारको घोरासहन पिपरा घर भएका ४५ वर्षीय शिव पुजन यादवको मृत्यु भएको हो ।

महागढीमाइ नगरपालिका बरियारपुरस्थित भुतही पुल नजिक चिया पसलमा बसिरहेका बेला मोटरसाइकल आएका दुई अपरिचित व्यक्तिले गोली हानेर भागेका थिए ।

उनको कोखामा एक राउण्ड गोली लागेको जनाइएको छ । बाराको एलएस न्युरो अस्पतालमा पु¥याउँदा चिकित्सकले मृतक घोषणा गरेका प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ । उनले कसले र किन गोली प्रहार गरेको हो भन्ने खुल्न सकेको छैन ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *