Sajhamanch Archive

आयुर्वेद स्वास्थ्यकर्मी समाज झापामा नयाँ कार्य समिति चयन

Published: (Updated: ) in विविधा, समाज by .

शिवसताक्षी । आयुर्वेद स्वास्थ्यकर्मी समाज झापाको छैटौ अधिवेशनबाट अध्यक्षमा गोपाल सुवेदी निर्वाचत भएका छन् । अध्यक्षमा सर्वसम्मत नभएपछि चुनाव गरिएको आयुर्वेद स्वास्थ्यकर्मी समाजले जनाएको छ ।

अधिवेशनमा उपाध्यक्षमा राजन भट्टराई, सचिव दिपेश राजवंशी, कोषाध्यक्ष रन्जना देवी रिजाल सर्वसम्मत चयन भएका छन् ।

सदस्यहरुमा मनकुमार राजवंशी, भावना राई धिरज राई सर्वसम्मत चयन भएको दुधे आयुर्वेद औषधालयका कविराज तथा निरिक्षक राजेन्द्र पोख्रेलले जानकारी दिए ।

त्यस्तै अधिवेशनको उद्घाटन सत्रमा बोल्दै कार्यक्रमकी प्रमुख अतिथि तथा शिवसतक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले पछिल्लो समय आयुर्वेद चिकित्सा पद्धतिद्वारा उपचारबाट शिवसताक्षीका नागरिकले सेवा लिन थालेको बताइन् । शिसताक्षीमा आयुर्वेद चिकित्सा लोकप्रिय बन्न्न थोलेपछि दुधे आयुर्वेदले नगरका सबै वडाहरुमा कार्यक्रम गर्दै आएको समेत जानकारी दिइन् ।

दीर्घ रोगी, बुढ्यौलीका कारण थलिएका नागरिकलगायत अन्य रोगीहरुले उपचारमा सेवा दिदै, विभिन्न समय दुधे आयुर्वेद औषधालय मार्फत नगरका विभिन्न रोगीहरुलाई निशुल्क औषधी वितरण गरिदै आएको समेत उपप्रमुख कार्कीले जानकारी दिइन ।

कार्यक्रमा वडाध्यक्ष बहादुर आङ्गबो, लगायत आयुर्वेद स्वस्थ्यकर्मी समाजका प्रदेश प्रतिनिधि, जिल्ला प्रतिनिधि लगायतहरुको उपस्थित रहेको थियो । अधिवेशन शिवसताक्षीको दूधे स्थित दुधे आयुर्वेद औषधालयमा सम्पन्न भएको थियो । आयुर्वेद स्वास्थ्यकर्मी समाजको केन्द्रिय अधिवेशन माघ ८ गते हुने बताइएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *