शिवसताक्षी ४ मा बाटो ग्राभेलको कामलाई तिब्रता
Published: (Updated: )
by .शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. ४ ले बाटो ग्राभेलको कामलाई तिब्रता दिइएको छ । आ.वा. २०७९÷८० को सिलिङ्गबजेटबाट ३ वटा बाटाहरु ग्राभेल भइसकेका छन् भने, ४ वटा बाटोहरु ग्राभेलको तयारीमा रहेको ४ नं. वडा कार्यालयले जनाएको छ ।
वडा नं. ४ को पाथिभरा आधारभूत विद्यालयबाट साहु टोल, झापा इनर्जीहुँदै बोलोचाक बजार जाने १३ सय ६८ मिटर बाटो ग्राभेल गरिएको वडाध्यक्ष विष्णु प्रसाईले जानकारी दिए । उनले वडाको १० लाख बजेट पुरानो बाटोलालाई चौडा गरी उच्चस्तरीय ग्राभेल गरिएको बताए ।
त्यस्तै वडा नं. ४ को रातो कल्भर्डदेखि पश्चिम मनोहरी बाँस्कोटाको घर हुँदै जानेबाटोको ग्राभेलको काम सम्पन्न भएको छ । पाँचगाछीको बाङ्गे बजार पश्चिम कमल गाउँपालिकाको सिमाना सम्म जानेबाटाको ग्राभेलको काम सम्पन्न भएको वडाध्यक्ष प्रसाईले बताए । उक्त बाटो १ लाख ५० हजारको लागतमा ग्राभेल गरिएको हो ।
त्यसैगरी मनोज शाहको घर पूर्व त्रिचन्द्र दुलालको घरहुँदै सिद्धिबास्कोटाको घर सम्म जाने २ सय मिटर बाटो ग्राभेल भएको वडा कार्यालयले जनाएको छ ।
कनकाई प्राविबाट दक्षिण गौरीगञ्ज गाउँपालिकाको सिमानासम्म जोड्ने ७ सय मिटर बाटो ग्राभेलको काम भइरहेको अध्यक्ष प्रसाईको भनाई छ । वडाबाट विनियोजित ३ लाखको बजेटबाट काम सम्पन्न गरिने वडा कार्यलयले जनाएको छ । उक्त काम प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतको श्रमिकहरुले गर्ने बताइको छ ।
त्यसैगरी मञ्जुश्री आधारभूत विद्यायलबाट ज्ञानधारी हुँदै चौरी जोड्ने बाटो पनि ग्राभेल गर्न तयारी गरिएको छ । वडाबाट विनियोजित ५ लाख बजेटले उक्त बाटो ग्राभेल गरिने भएको हो ।
वडाबाट चालु आर्थिक वर्ष भित्रमा गरिने पूर्वाधार विकासका कामहरु बैसाखसम्मको अन्त्यसम्मा सकिने गरी काम सुरु गरिएको वडाध्यक्ष प्रसाईले बताए । उनले आर्थिक वर्षको अन्त्यमा गरिने काममा गुणस्तर नहुने र वर्षातका कारण तोकिएको बजेट भन्दा बढी खर्च लाग्ने भएकाले पनि वडाले बैसाखको अन्त्य सम्ममा सबै काम सक्ने लक्ष्यका साथ काम सुरु गरेको बताए ।
उनका अनुसार नगरको रिङ्गरोडदक्षिण रंगेथान बजार जाने बाटो कालोपत्रे गर्न ठेक्का लागि सकेको छ । उक्त सडक वडाले आफ्नै निगरानीमा गुणस्तरीय कालोपत्रे गर्ने वडाध्यक्ष प्रसाईले बताए ।
प्रसाईका अनुसार बोलोचोक चौकी जाने ७ सय मिटर बाटो निर्माणको तयारी गरिएको छ । उक्त बाटो ग्राभेलको लागि वडाबाट ५ लाख बजेट विनियोजित गरिएको वडा कार्यालयले जनाएको छ ।
Comments