Sajhamanch Archive

बजेट अभावमा झापाका १३ सडकमा पिच भएन

Published: in राष्ट्रिय समाचार by .

दमक १० स्थित संगम चोकदेखि सेतुमारीको मावा खोला पुलसम्मको साढे ६ किलोमिटर लामो सडकको कालोपत्रे गर्ने काम बजेट नुहदाँ निर्माण अलपत्र परेको हो ।

डिभिजन सडक कार्यालय दमक झापा अन्र्तगत दमक हाईवे-सेतुमारी सडकको कालोपत्रेका लागि काम शुरु भएको थियो । सो सडकको रौताह, आर के जेभीले २०७३ साल पुष १ गते ६ करोड ४७ लाख ८६ हजार ९ ४७ रुपैया ४६ पैसा अनुमानित बजेटबाट ठेक्का मार्फत ३ करोड ७७ लाख ८८ हजार ८ सय १ रुपैया ७७ पैसामा नेपाल सरकारको बजेटबाट २०७५ साल मंसिर २९ गते कालोपेत्रको काम सम्पन्न गर्ने गरि ठेक्का मार्फत काम शुरु गरेको थियो ।

निर्माण कम्मनीले गतवर्ष सो सडकमा चार वटा कल्र्भट र कालोपत्रे गरिने सवैभागमा १ करोड ९४ लाख ९२ हजार २१३ रुपैया ११ पैसा खर्च गरि सव बेसको काम गरिसकेको डिभिजन सडक दमकका इन्जिनियर दिपेन्द्र चौधरीले जानकारी दिए ।

निर्माण पक्षले गत वर्षनै सबवेसको काम गरिसकेको भएपनि सो आयोजना शिर्षकको बजेट नहुदाँ बाँकी काम अगाडि बढाउन समस्या भएको इन्जिनियर चौधरीले जानकारी दिए । उनका अनुसार प्राविधिक हिसाबले गत वर्ष गरिएको सबवेस माथि कालोपत्रे गर्न नसकिने भएकाले पुन सबवेसको काम गर्नुपर्ने भएको छ । जसका कारण अब यो सडकलाई पूर्णता दिन पुरानो बजेटले नपुग्ने भएकाले लागत समेत बढ्ने चौधरीको अनुमान छ ।

१३ वटा सडक अलपत्र

डिभिजन सडक कार्यालय दमकका प्रमुख राजेशकुमार यादवका अनुसार अहिले झापामा करिब ७ करोड बराबरका १३ सडकको बजेट अभाब हुदाँ कलोपत्रे गर्र्ने काम अघि बढ्न सकेको छैन् । जसमा दमकमा मात्र चार वटा सडक अलपत्र बनेका छन ।

दमकमा ति सडकको शिर्षक बजेट नहुदाँ हिमावि-मधुमल्ला, कृष्ण मन्दिर- बेलडाँगी, हाइवे- सेतुमारी र दमक- चक्रपथ सडक रहेको डिभिजन सडक दमक प्रमुख यादबले बताए ।

यसैगरि पश्चिम झापाको लखनपुर-मंगलबारे मजुरभिटटा हुदै शिवगञ्ज, गौरादह बैगुनधुरा-कोरोवारी सडक, गौरादह मिलन चौक-फत्तेपुर सडक तथा धममपुरको राना मिल– कुन्जिवारी, धरमपुर बस्नेत चोक जोड्ने सडक रहेका छन् ।

झापाकै पूर्वी क्षेत्रको जलथल अधिकारी चोक- घेरावारी सडक , पाठामारी-बालुमारी सडक, पथरीया-सुकुना डिपदेबी घेरावारी सडक र केचना चक्रपथ रहेका छन् ।

काम अघि बढ्ने अन्यौल

डिभिजन सडक कार्यालय दमकका प्रमुख राजेशकुमार यादबका अनुुसार यी सडकको काम कहिलेबाट अघि बढ्छ भन्ने पनि अन्यौलमै रहेको छ । निर्माण कार्यमा देखिएको बजेट अभाबको समस्या झापामा मात्र नभएर मुलुक भरकै भएकाले कहिले यी सडकको शिर्षक बजेट आँउछ भन्ने यकिन भइनसकेको प्रमुख यादबको भनाई छ ।

झापामा योजनामा परेका सवै सडक निर्माणका लागि सम्बन्धित मन्त्रालय अन्र्तगतको विभागमा माग गरिएको पनि अहिलेसम्म ती काममा वजेटका बारे कुनै जानकारी प्राप्त नभएको प्रमुख यादबले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *