Sajhamanch Archive

सताक्षीधाम धार्मिक तथा पर्यटन विकास समितिका पूर्व अध्यक्ष सहित ४४ जना सम्मानित

Published: in विविधा, समाज by .

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. ११ मा रहेको सताक्षीधाम धार्मिक तथा पर्यटन विकास समितिले पूर्व सञ्चालक समितिहरुलाई सम्मान गरेको छ । नव निर्वाचित धार्मिक तथा पर्यटन विकास समितिले २०३३ सालदेखि यता धामका ४४ जना पदाधिकारीहरुलाई सम्मान गरिएको हो ।

उनीहरुलाई झापा क्षेत्र नं. ४ (क) का सांसद राधाकृष्ण खनाल, शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा र धार्मिक पर्यटन विकास संस्थाका अध्यक्ष तुलाराम बोखिमले संयुक्त रुपमा सम्मान पत्र प्रदान गरेका थिए ।
लामो समय धार्मिक क्षेत्रको समितिमा रही योगदान गरेका पूर्व पदाधिकारीहरुको उच्च मूल्यांकन गर्दै सम्मान गरिएको धार्मिक पर्यटन विकास संस्थाका अध्यक्ष तुलाराम बोखिमले बताए ।

सम्मानितहरु पूर्व पदाधिकारीहरुमा सतासीधाम विकास समितिका पूर्व अध्यक्ष तथा पूर्व सांसद तारासम योङ्या, शिवसताक्षी नगरपालिकाका पूर्व नगरप्रमुख चन्द्रकुमार सेर्मा, सतासीधाम विकास समितिका पूर्व अध्यक्ष प्रसाद सुब्बा, चन्द्रकुमार पौडेल, पूर्व सञ्चालक समितिहरु गंगाधर तिम्सिना, उदयप्रकाश राई, रामचन्द्र अधिकारी, मोहन कडरिया, दिपक न्यौपाने, डिल्लीरमण खतिवडा लगायत ४४ जना रहेका छन् ।

कार्यक्रममा प्रदेश सांसद राधाकृष्ण खनालले स्थानयतह आएपछि सताक्षीधाम परिसरमा निकै विकास भएको बताए । पाँच वर्ष अघिको सताक्षीधाम र अहिलेको सताक्षीधाममा धेरै फरक आएको छ । प्रदेश सरकारले यस अघि पनि सताक्षीधाममा धेरै काम गरेको छ । अबका दिन पनि प्रदेशबाट सताक्षीधामको विकासका लागि आफु का गरिने उनले प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले सताक्षीधाममा नगरपालिका, प्रदेश सरकार र संघीय सरकारको सहयोगमा काम गर्दै जाने बताए । सताक्षीधाममा यस अघि नै गुरुयोजना तयार गरी काम सुरु गरिएको छ । नगरप्रमुख थोप्राले भने, सोही अनुसार बर्षेनी बजेट विनियोज गदै आएको छ ।

कार्यक्रममा श्री गोलोक गोवद्र्धन गौशालाका अध्यक्ष तथा संरक्षक आचार्य श्री नन्दकिशोर भारद्वाजले सताक्षीधाम एउटा सबै धर्मालम्बीहरुको आस्थाको केन्द्र भएकाले यसलाई राजनीतिसँग जोडेर काम नगर्न सुझाए । धार्मिक क्षेत्र भनेको फुटाउने नभई सबैलाई एकताको केन्द्रमा बाँध्ने काम गर्ने भएकाले सबैले मिलेर यसको विकासका लागि काम गर्नु पर्ने उनको भनाई थियो ।

कार्यक्रममा पूर्व अध्यक्ष प्रसाद सुब्बा, सन्त मेन्याङ्बो, पूर्व नगरप्रमुुख चन्द्रकुमार सेर्मालगायले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको सञ्चालन धार्मिक तथा पर्यटन विकास समितिका सचिव कालीप्रसाद रिजालले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *