Sajhamanch Archive

सतासीधाम जेसीजको अध्यक्षमा निर्मला प्रधान सर्वसम्मत

Published: in विविधा, समाज by .

शिवसताक्षी । झापाको शिवसताक्षीमा रहेको सताक्षीधाम जेसीजको अध्यक्षमा निर्मला प्रधान सर्वसम्मत चयन भएकी छिन् । जेसीजको १० औं साधारण सभा तथा अधिवेशनले वर्ष २०२३ का लागि निर्मला प्रधानलाई सर्वसम्मत रुपमा चयन गरेको हो । सतासीधाम जेसीजमा पहिलो पल्ट महिलाले नेतृत्व पाएको हो ।

त्यसैगरी कार्यकारी उपाध्यक्षमा राजकुमार बस्नेत र विश्व विक्रम दाहाल चयन भएका छन् । उपाध्यक्षहरुमा मन्जिल नेपाल, विक्रम घिमिरे, कुशल कटुवाल र भिमकुमार राई चयन भएका छन् ।

यस्तै सचिवमा समिर रिजाल, जनसंम्पर्क अधिकारीमा कृजम पोख्रेल र तालिम निर्देशकमा सागर आङदम्वे चयन भएको सतासीधाम जेसीज वर्ष २०२२ अध्यक्ष अर्जुन भट्टराईले जानकारी दिए । अधिवेशन शिवसताक्षी ९ दूधे स्थित सगरमाथा होटलमा भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *