Sajhamanch Archive

शिवसताक्षीका १७ वर्षीय राजवंशी झुण्डिएको अवस्थामा फेला

Published: in विविधा by .

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. १ चर्चाबारीका राजीव राजवंशी भुण्डिएको अवस्थामा फेला परेका छन् ।

१७ वर्षीय राजवंशी आफ्नै घर पछाडी लुगा सुकाउने डोरीमा झुण्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय झिलझिले जनाएको छ । आज दिउसो करिब २ बजे राजवंशीका बाबु पुरण लाल राजवंशी काम बाट घर फर्किदा छोरा भुण्डिएको अवस्थमा भेटेको थिए ।

तत्काल निम्स अस्पताल दमक पुर्याउँदा अस्पतालले मृत घोषणा गरेको बुबा पुरण लाल राजवंशीले बताए । उनले भने, भाई आमा घर बाहिर निस्किएका थिए । कोही नभएको मौका पारी यस्तो गरेछ ।

सवलाई दमक अस्पतालमा पोष्टमाट गरिएको र भोली दाहसंस्कार गरिने स्थानीय दुर्गा नेम्वाङ्गले जानकारी दिए । मृतक राजवंशी क्लोबल कलेज दमकमा कक्षा ११ मा अध्ययनरत थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *