Sajhamanch Archive

सताक्षीधाममा संविधान सभा अध्यक्ष नेम्वाङ्गको अवलोकन, धाम विकासका लागि सहयोग गर्ने प्रतिबद्धता

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज by .

शिवसताक्षी । झापाको धार्मिक तथा पर्यटकय क्षेत्र सताक्षीधाममा संविधान सभाका अध्यक्ष तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ्गले पहिलो पटक अवलोकन गरेका छन् ।

अवलोकनका क्रममा नेम्वाङ्गले सताक्षीधाम क्षेत्र भित्रका सबै मठ मन्दिरहरुमा दर्शन गरेका छन् ।  सताक्षीधाम पर्यटन विकास समितिले यहाँका समस्याहरुको बारेमा नेम्वाङ्गलाई जानकारी गराएको थियो ।

पूर्व सभामुख नेम्वाङ्गले सताक्षीधाम विकासमा तीनै वटा सरकारले गरेको कामको प्रशंसा गरेका छन् । उनले सताक्षीधाम धार्मिक क्षेत्र सुनेको तर आजसम्म आइनपुगेको बताए। उनले भने, यति सुन्दर रहेछ आज आउने सौभाग्य मिल्यो ।

धाम विकासको लागि यहाँ आवश्यक समस्या मेरो आफ्नै समस्या मान्दै धाम विकास समितिले माग गरेको विषय सम्बोधन गर्ने बताए ।
मुलत यहाँ तटबन्धन र धर्मशालाको आवश्यक भएको मैले जानकारी पाएको छु । उनले भने, यहाँबाट निर्वाचित हुनु भएका प्रतिनिधिसभा सदस्य यही हुनुहुन्छ, उहाँलाई जानकारी गराउँहोस्, तपाईहरुका लागि म ठिङ्ग उभिने छु ।

त्यस्तै झापा क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य एलपी साँवा लिम्बुले सताक्षीधाममा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबाट विनियोजित बजेटबाट धेरै काम गरेको बताए । उनले भने यस क्षेत्रमा गएको पाँच वर्ष यता धेरै काम भएका छन् तर यो पर्याप्त छैन । हालसम्म सडक, विजुली, धाम परिसरमा पार्केटिङ्ग टायल विछ्याउने कामहरु भने सम्पन्न भएको उनले बताए । अब धाम विकास समितिले अघि सारेको तटबन्धन र धर्मशालाका लागि पहल गर्ने उनको भनाई थियो ।

कार्यक्रममा शिवसताक्षी नगरपालिका नगरप्रमुख मेगाहाङ्ग थोप्राले सताक्षीधाम सबै धर्मका अनुयायीहरुको साझा स्थल भएकाले यसको विकास र प्रवद्र्धनका लागि शिवसताक्षी नगरपालिकाले गुरु योजना बनाए काम सुरु गरेको जानकारी दिए ।उनले अति आश्यक रहेको तटबन्धन र धर्मशाला नै हो । यसका लागि तीनै तहका सरकारले ध्यान पु¥याउनु पर्ने उनको भनाई थियो ।

सताक्षीधाम पर्यटन विकास समितिका अध्यक्ष तुलाराम बोखिम र उपाध्यक्ष उदय प्रकास राईले सताक्षीधाम क्ष्ोत्र भित्रका समस्याहरुको बारेमा जानकारी गराए । धर्मशाला, खानेपानी, तटबन्धन र पिकनिक स्थलसम्म जाने सतासी खोलमा पुलको आवश्यक रहेको बताएका थिए।
कार्यक्रमको सञ्चालन सताक्षीधाम पर्यटन विकास समितिका सचिव कालीप्रसाद रिजालले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *