Sajhamanch Archive

ओली परिवारद्वारा सताक्षीधामका विद्यार्थी तथा गुरुहरुलाई न्यानो कपडा वितरण

Published: (Updated: ) in विविधा by .

शिवसताक्षी । ऐतिहासिक तथा धार्मिक पर्यटकीय क्षेत्र सताक्षीधाम विद्यार्थी, गुरुहरुलाई न्यानो कपडा तथा जुत्ता वितरण गरिएको छ ।

आइतबार मकर संक्रान्तिको अवसर पारेर शिवसताक्षी ७ व्याङ्गडाँडा निवासी रुद्र गौरी श्री अम्बिका प्रतिष्ठान कोषाध्यक्ष गोपाली ओली र उनकी श्रीमती प्रतिष्ठान झापाकी संस्थापक सदस्य तुलसादेवी ओलीले उक्त सामाग्री वितरण गरेका हुन् ।

ओलीले गोलोक गुरुकोलमका २० जना विद्यार्थी, ४ जना गुरु, १ जना गुरुकोलमका अध्यक्ष र १ जना राधे राधे संस्थाका प्रतिनिधिलाई जाडोमा लगाउने ट्रयाक सुट , जुत्ता प्रदान गरिएको हो ।

कार्यक्रमा तुलसादेवी ओलीका श्रीमान् तथा रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठानका कोषाध्यक्ष गोपाल ओलीले गुरुहरुले सताक्षीधामा मसिना भाईहरुलाई ज्ञान बाढिराख्नु भएको बताए । उहाँहरुको ज्ञानले भोली यो समाज, परम्परा, संस्कृतिको विकास र संरक्षण गर्ने छ । हामीले जे आफुसँग छ , त्यही चिजले सहयोग गर्ने हो । त्यसैले आफुसँग भएको केही अंश दानको रुपमा भोलिका दिनमा संस्कृतिहरुको संरक्षणका लागि काम गर्ने मसिना विद्यार्थी भाईहरुलाई ४५ हजार बराबारको न्यानो कपडा वितरण गरिएको बताए ।

त्यस्तै गोलोक गौशालाले सताक्षीधाममा रहेका साधु सन्त तथा गोलोक गोबर्धन गौशालामा काम गर्ने कर्मचारीहरुलाई बस्त्र प्रदान गरेको छ । गौशालाले न्यानो कपडा वितरण कार्यक्रममा उपस्थित र भक्तजनहरुलाई प्रसाद वितरण गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *