Sajhamanch Archive

नेपाल रेडक्रस शिवसताक्षीद्वारा निशुल्क स्वास्थ्य परिक्षण, २३१ जनाले सेवा लिए

Published: (Updated: ) in विविधा, समाज by .

शिवसताक्षी । ऐतिहासिक, धार्मिक तथा पर्यकीय क्षेत्र सताक्षीधाममा मकर संक्रान्तीको अवसर पारेर एक दिने निशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी शिवसताक्षीको आयोजनामा सताक्षीधामका ज्येष्ठ नागरिक मकर संक्रान्ती नुहाउन आउने श्रद्धालु भक्तजनहरुको निशुल्क स्वास्थ्य परिक्षण गरिएको हो ।

स्वास्थ्य परिक्षणमा २३१ जनाले सेवा लिएको नेपाल रेडक्रस शिवसताक्षीका सभापति गोविन्द काफ्लेले बताए । जसमा १५६ जनाले प्रेसर, ४६ जनाले सुगर परिक्षण गराएका थिए भने, २९ जनालाई विभिन्न रोगको औषधी निशुल्क वितरण गरिएको थियो ।

पवित्र तीर्थ स्थलमा मानव स्वास्थ्यको संवेदनसिलतालाई मध्यनजर गर्दै नेपाल रेडक्रस शिवसताक्षीले निशुल्क स्वास्थ्य परिक्षण आयोजना गरेर पुन्यको काम गरेको भन्दै सताक्षीधाम धार्मिक तथा पर्यटन विकास समितिले अध्यक्ष तुलाराम बोखिमले धन्यवाद दिएका छन् । पर्यटन विकास समितिले रेडक्रसका सभापति काफ्लेलेलाई रामनामी ओडाएर सम्मान गरेका थिए । पर्यटन विकास समितिका सचिव कालीप्रसाद रिजाल र उपाध्यक्ष उदय प्रकाश राईले रेडक्रसलाई धामका लागि पुर्याएको सहयोग र सद्भावलाई उच्च मूल्याकन गरेको भन्दै मानस्पटलमा सधै रहिरहने काम गरेको बताए ।

निशुल्क स्वास्थ्य परिक्षणको सहजीकरण रेडक्रसका सभापति काफ्ले र सचिव होमप्रसाद राजवंशीले गरेका थिए भने, स्वास्थ्य परीक्षणमा लाइफ कुइष्टको प्राविधिक सहयोग रहेको थियो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *