Sajhamanch Archive

कालीगण्डकीबाट अयोध्या लगिने शिलाको विधिवत पूजन

Published: in राष्ट्रिय समाचार, रोचक कुरा / टिप्स, लोकप्रिय, समाज by .

काठमाडौं । हिन्दूहरूको धार्मिकस्थल भारतको अयोध्या लगिने कालीगण्डकी नदीको शिलाको विधिवत पूजन सम्पन्न भएको छ । भारतको अयोध्यामा निर्माण हुन लागेको राम मन्दिरमा मुर्ति बनाएर राख्नका लागि पहिचान भएको दुई थान शिलाको विधिवत पूजा गरिएको छ ।

विश्व हिन्दू परिषद्का केन्द्रीय मन्त्री राजेन्द्रसिंह पंकजको पहलमा सम्पन्न उक्त शिला पूजन कार्यक्रममा विश्व हिन्दू परिषद् नेपालका तर्फबाट महासचिव जितेन्द्रकुमार सिंह, संगठन सचिव प्रल्हाद कुमारसहित स्थानीय कार्यकर्ता, जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णव, गण्डकी प्रदेश प्रमुख, निवर्तमान मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल, नेपाली काँग्रेसका वरिष्ठ नेता विमलेन्द्र निधिसहितको सहभागिता थियो ।

कालीगण्डकी नदीबाट पवित्र बनेका सात फिट लम्बाइ र पाँच फिट चौडाइका दुई थान शिलाको पहिचान गरिएको थियो । विश्व हिन्दू परिषद् नेपालका महासचिव जितेन्द्रकुमार सिंहले उक्त शालिग्राम बेनीबाट पोखरा, हेटौँडा हुँदै जनकपुरधामस्थित जानकी मन्दिरलाई हस्तान्तरण गरिने र त्यहाँबाट अयोध्या लगिने बताएका छन् ।

जनकपुरधाम र अयोध्या धामबीच सांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाउन तथा नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने भन्दै दुई थान शिला उपलब्ध गराउन प्रस्ताव गरिएको थियो ।

‘अयोध्याको आकर्षणको केन्द्र रामको मूर्ति बनाउन शिला लैजाने यस कार्यले अयोध्या, जनकपुर र मुक्तिनाथबीच पर्यटन प्रवर्द्धनमा कोसेढुंगा सावित हुनेछ ’ महासचिव सिंहले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *