Sajhamanch Archive

विराटनगरमा आगो ताप्दा जलेर वृद्धाको मृत्यु

Published: in विविधा, समाज by .

विराटनगर / विराटनगरमा आगो ताप्ने क्रममा जलेर एकजनाको मृत्यु भएको छ । विराटनगर–१० स्थित लालीगुँरास चौककी ८० वर्षीया बेभी यादवको आगो ताप्ने क्रममा जलेर मृत्यु भएको हो ।

बिहीबार बिहान कोठाबाहिर आगो सेक्ने क्रममा उनले लगाएको साडी र प्लास्टिकको कुर्सीमा आगो सल्किँदा घटना भएको थियो। घटनाको अनुसन्धानका लागि हाल विराटनगरस्थित वडा प्रहरी कार्यालयको टोलीलाई घटनास्थलमा खटाइएको छ ।

वडा प्रहरी कार्यालय ’क’ का डिएसपी दिपेन्द्र पञ्जियारको नेतृत्वमा गएको टोलीले अहिले घटनास्थलबाट मुचुल्का उठाउने कार्य गरिरहेको छ । कानुनी प्रक्रिया पुर्‍याएर पोष्टमार्टमपश्चात् मात्रै वृद्धाको शव आफन्तलाई हस्तान्तरण गरिने तयारी रहेको डिएसपी पञ्जियारले बताए । उनले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।

बिहीबार बिहान अत्याधिक जाडोका कारण अप्ठ्यारो भएपछी ८० वर्षीया यादवले पराल र रुखको हाँगा बालेर आगो सेकिरहेकी थिइन्। सोही क्रममा अचानक आगो साडीमा सल्किएपछि प्लास्टिकको कुर्सीसहित उनी जलेकी हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *