Sajhamanch Archive

आफ्नो जन्म दिनमा बस्नेतद्वारा सन्थाल समुदायका ३० घर परिवारलाई फाइबर सिरक वितरण

Published: in विविधा, समाज by .

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नम्बर २ का युवा प्र्रतिक बस्नेतले आफ्नो जन्म दिनमा डुम्ना गाउँका ३० घरपरिवारलाई ४५ हजार बराबरको फाइबर सिरक वितरण गरेका छन् ।

बस्नेतले आफ्नो जन्म दिनमा गरिने फजुल खर्चले सन्थाल समुदायमा जाडो मौसममा सिरक वितरण गरेर माया र सद्भाव दिएका छन् ।

डुम्ना गाउँमा सन्थाल समुदायको बसोवास छ। उनीहरुसँग पेट भर्नका लागि त भर्खर अन्न घरमा थन्क्याएका छन् तर जाडोमा ओढ्ने सिरक नहुँदा आगो तापेर रात बिताउनु पर्ने बाध्यता थियो ।यसरी वर्षौं बिताएका उनीहरु बिहीबार भने खुशी देखिन्थे।
केही दिनयता बढेको चिसो, शीतलहर र जाडोलाई मध्य नजर गरि डुम्ना गाउँको सन्थाल बस्तीमा रहेका विपन्न, ज्येष्ठ नागरिक र एकल महिलाहरू समेतलाई फाइबर सिरक वितरण गरेर आफ्नो जन्म दिन मनाउन पाउँदा बस्नेतले हर्ष व्यक्त गरे।

लखिराम हस्ता जाडोमा काम्दै सिरक लिन आए । सिरक छाम्दै भने यस चोटि तातो सिरक रैछ । झोला भित्र प्याक गरेको फाईबर सिरक देखेपछि बृद्धहरु खुसी थिए । पहिलोे पटक फाईबर नामको सिरक ओढ्न पाईने भयो ।उनीहरु कुरा गर्दै थिए।

डुम्ना गाउँ सन्थाल बस्तीमा यस अघि पनि बस्नेतले निस्शुल्क इन्टरनेट जडान गरि प्रत्येक घरपरिवारका लागि वाइफाईको व्यवस्था गरिदिएका छन्।

आफ्नो जन्म दिनमा फजुल र अनावश्यक कुरामा खर्च गर्ने परिपाटी बढी रहेको यो समयमा बस्नेतले भने समाजका लागि एक उदाहरणीय कामको थालनी गरेका छन् ।

जाडोको समयमा ज्येष्ठ नागरिक र बालबालिका बढी प्रभावित हुने र कतिपय ज्येष्ठ नागरिकहरु संरक्षण विहिन अवस्थामा रहेकाले निस्वार्थ सहयोग गरिएको उनको भनाई छ।

चिसोकै कारण रातभर आगो बालेर अगेनाको डिलमा बालबालिका र बृद्धबृद्धा सुत्न बाध्य भएका यस गाउँका सन्थालहरुलाई फाइवर सिरक वितरण गरेर आफ्नो जन्म दिन मनाउनु ,उनीहरूको आशिर्वाद लिनु प्रसंशा योग्य कार्य भएको शिवसताक्षी वडा नम्बर २का निवर्तमान वडा अध्यक्ष कुलबहादुर बस्नेतले बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *