Sajhamanch Archive

मदरसा शिक्षकलाई पाठ्यक्रम तालिम

Published: in राष्ट्रिय समाचार by .

झापा । झापाका विभिन्न मदरसाहरुमा अध्यापन गराउँदै आएका शिक्षक मोलबीहरुका लागि आधारभूत उर्दु नेपाली पाठ्यक्रमका बारेमा प्रशिक्षण दिइएको छ ।

झापा गाउँपालिकास्थित टाघनडुब्बा स्रोत केन्द्रमा भएको तीन दिने तालिममा जिल्लाका २५ वटा मदरसाका शिक्षक मौलबीहरुको सहभागिता थियो ।

जिल्ला मदरसा समिति झापाको आयोजनामा सम्पन्न तालिममा सहभागी शिक्षकहरुलाई नसरुल्लाह मुनादि, नेपाल शिक्षक महासंघ झापा गाउँपालिकाका अध्यक्ष जगन्नाथ राजवंशी, डिल्लीराज माविका प्रधानाध्यापक भगदेव राजवंशी, स्रोत व्यक्ति खड्गप्रसाद खरेललगायतले मदरसाका शिक्षकलाई पाठ्यक्रम र समसामयिक विषयमा प्रशिक्षण दिएका थिए ।

मुस्लिम शिक्षाविद् वासेद अली, पशुपतिलाल गणेश, समाउल हक र कलाम शेख लगायातका अगुवाहरु पनि मदरसा शिक्षाका बारेमा सहजीकरण गरेको जनाइएको छ ।

सो क्षेत्रका मुस्लिम बालबालिकाहरुका लागि आवासीय तथा आंशिक दुवै तरिकाले मदरसा शिक्षा दिइँदै आएको छ । मदरसा शिक्षालाई समयअनुकूल बनाउँदै लैजान यस्तो तालिम आयोजना गरिएको जिल्ला मदरसा समितिका सचिव सफिउल्ला अन्सारीले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *