Sajhamanch Archive

झरना खोलाको शिर नजिकै एक मानिसको शव फेला

Published: (Updated: ) in विविधा by .

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ११ उत्तर झरना खोलाको शिर नजिकै एक मानिसको शव फेला परेको छ ।

दुधे बजारबाट करीब ४ किलोमिटर माथि झरना खोलाको शिर नजिकै ढुंगामा चेपिएको अवस्थामा एक मानिसको शव फेला परेको इलाका प्रहरी कार्यालय झिलझिले जनाएको छ ।

सतासीधाम खाने पानी तथा सरसफाईका कर्मचारी पानी मुहानमा जाने क्रममा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। इलाका प्रहरी कार्यालयका इन्चार्ज महेन्द्र खड्काका अनुसार घटना स्थल इलामको माइ नगरपालिका ८ मा पर्ने भएकाले इलाम जिल्लाबाट प्रहरी टोलीको पर्खाइमा रहेको छ ।  उनले भने अहिले घटना स्थलको सुरक्षा बाहेक केही गरिएको छैन ।

इलामबाट टोली आएपछि मात्र अन्य काम गरिने छ । ढुंगाको कापमा रातो सुइटर लगाएको महिला जस्तो शव देखिएको छ । शवको प्रकृति घोम्टो परे जस्तो देखिएको र सबै भाग कपडाले छोपिएको हुँदा पूर्ण रुपमा पहिचान नखुलेको बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *