Sajhamanch Archive

चिल्लागढधामको पदहस्तान्तरण तथा प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न

Published: (Updated: ) in विविधा, समाज by .

शिवसताक्षी । झापा शिवसताक्षीको ऐतिहासिक तथा धार्मिक तीर्थ स्थल चिल्लागढधाममा नयाँ कार्यसमितिले पद तथा गोपनियताको सपथ ग्रहण गर्दै पदहस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।

आज चिल्लागढ धाम परिसरमा एक कार्यक्रमको आयोजना गरी नयाँ समितिलाई सपथ ग्रहण तथा प्रमाण पत्र वितरण गरिएको हो ।

कार्यक्रममा परानो तीलबहादुर कटुवालको समितिले नयाँ समितिलाई पूर्ण सफलताको शुभकामना दिदै हालसम्मको सबै हिसाव किताव हस्तान्तरण गरेको हो ।

एक हप्ता अघि तीर्थ स्थल चिल्लागढ धामको १० औ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले शिशिर तुम्बापोलाई अध्यक्षमा नयाँ कार्य समिति चयन गरेको थियो ।

समितिको वरिष्ठ उपाध्यक्षमा रमेश फुयेल, उपाध्यक्ष (धार्मिक) धनपति रिजाल, उपाध्यक्ष (पर्यटकीय) किरण लिङदेन, कोषाध्यक्ष सीता खत्री, सचिव वेदनिधी अधिकारी, सह सचिव नारायण नेपाललाई सर्वसम्मत चयन गरेको थियो ।

तस्तै सदस्यहरुमा सुकविर लिम्बु, तुलसीराम मिश्र, भानु ढुंगेल, टिकाराम बास्कोटा, डिल्लीहाङ्ग इङ्गनाम, दिननाथ खतिवडा , पर्शुराम गौतम, जितिहाङ्ग तुम्बापो सर्वसम्मत चयन भएका थिए । त्यसैगरी पदेन सदस्यहरुमा वडाध्यक्ष डिल्लीलाल फेम्बु र तीलरुपा कार्की रहेको चिल्लाढधाम विकास समितिले जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *