Sajhamanch Archive

कचनकवलमा एउटै रुखमा झुण्डिए प्रेमी प्रेमिका

Published: (Updated: ) in विविधा, विविधा, समाज by .

कचनकवल । कचनकवलमा एउटै रुखमा झुण्डिएर एक पे्रमी प्रेमिकाले आत्म हत्या गरेका छन । एउटै रुखमा ३ किशोरी झुण्डिएर आत्महत्या गरेको केहि महिना नबित्दै झापाको कचनकवल गाउँपालिकामा एउटै पासो लगाई युवायुवतीले झुन्डिएर आत्महत्या गरेका छन् ।

कचनकवल गाउँपालिका वडा नं ४ केचनाको खुट्टामुनिमा रहेको एभरेष्ट चिया बगानमा सिरिसको रुखमा पासो लगाई स्थानीय २५ वर्षिय राजेशकुमार गणेश र १८ वर्षिया पवित्रा राजवंशीले आत्महत्या गरेका हुन् । उनीहरुले माछा मार्ने नाइनलको जालको डोरी बनाई पासो लागेको गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले बताए । युवतीलाई सिदुरपोते लगाइदिएर उनीहरु झुन्डिएका हुन् ।

गत वर्ष उनीहरुले भागी विवाह गरेका थिए । ती युवती गणेशको घरमा करिव ५ वर्ष संगै बसेकी थिइन् । तर , युवतीका अभिभावकले छोरी नाबालिका भएको भन्दै आफ्नो घर फर्काएको उपाध्यक्ष भट्टराईले बताए। दुवैजनाले झुन्डिएर आत्महत्या गरेपछि केटा र केटी पक्षबीच विवाद चलेको छ ।

यसअघि गत साउनमा कचनकवल –५ स्थित दल्लेगाउँ नजिकैको सुनकोसी चिया बगानसँगै बगेको झिङ खोलाको किनारस्थित बयरको रूखमा सोही ठाउँका तीनजना किशोरीले झुन्डिएर आत्महत्या गरेका थिए ।
झुण्डिएको शव अहिले पोस्ट म्याटमका लागि मेची प्रादेशिक अस्पताल भद्रपुरमा लगिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक बसन्त पाठकले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *