Sajhamanch Archive

भूकम्पले बाजुरामा ४ घर भत्किए

Published: (Updated: ) in मुख्य समाचार, विविधा by .

कैलाली । बाजुरामा ५. ९ रेक्टर स्केलको भूकम्प जाँदा चार घर भत्किएको छ । बडीमालिका नगरपालिका ७ र ९ मा गरि ४ घर भत्किएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ।
एक घर पूर्ण रुपमा भत्किएको छ भने अन्य तीन घरको पर्खालमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी सूर्य थापाले जानकारी दिए ।

अन्य विवरण आउँन बाँकी रहेको डीएसपी थापाले बताए । आज दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको मेला केन्द्रबिन्दु भएर ५.९ रेक्टर स्केलको भूकम्प गएको थियो ।

यस्तै बझाङमा पनि भूकम्पको धक्काले मन्दिर समेत भत्किएको छ भने अन्य मध्य पश्चिमका जिल्लाहरुमास्थानीयको भागदौड मचिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *