Sajhamanch Archive

सामाजिक सञ्जाल प्रयोगकर्ताहरुद्वारा माइतीघर र संसद् भवन अगाडि प्रदर्शनको आह्वान

Published: in मुख्य समाचार, विविधा, समाज by .

काठमाडौं– मंगलबार संसद् भवन अगाडि आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका प्रेम आचार्यको बुधबार बिहान उपचारको क्रममा मृत्यु भएको छ।

आचार्यको आत्मदाहपछि सामाजिक सञ्जालमा तरंग छाएको छ। सबैतिरबाट प्रेम आचार्यलाई यो अवस्थामा पुर्‍याउन राज्यका निकायहरु दोषी रहेको भन्दै विरोध भइरहेको छ।

यस्तै आज देशका विभिन्न ठाउँमा मृतक आचार्यलाई श्रद्धाञ्जलीका साथै सरकारको विरोधका लागि प्रदर्शनहरु हुने भएका छन्। काठमाडौंको माइतीघर मण्डलामा दिउँसो १ बजे र संसद् भवन अगाडि २ बजे विरोध प्रदर्शन आयोजना गरिने भएको छ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले ‘प्रेम आचार्यलाई त बाच्न दिएनौ, प्रेम आचार्यहरूलाई मर्न नदेऊ’ भन्दै आचार्यको आत्मदाहको आक्रोशमा विरोध प्रदर्शनको आयोजना गरेका हुन्। उनीहरुले सर्वसाधारण सबैलाई उक्त प्रदर्शनमा सहभागी हुन अपिल गरेका छन्।

उनले नेपालमा नै केही गर्नुपर्छ भनेर व्यापार व्यवसाय गर्दै आएको तर विभिन्न कारणले आफू आत्मदाहको निर्णयमा पुगेको उल्लेख गरेका थिए। उनले सरकारको नीतिको कारण देशमा नै केही गर्न नसकिएको उल्लेख गरेका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *