Sajhamanch Archive

झिलझिले बजारमा इन्टरलक टायलको काम अन्तिम चरणमा, उपप्रमुख कार्कीद्वारा अनुगमन

Published: in विविधा by .

शिवसताक्षी । शिवसताक्षीको झिलझिले बजारको सडकमा इन्टरलक टायल लगाउने काम अन्तिम चरणमा पुगेको छ ।

शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले आज उक्त सडकको अनुगमन गरेकी थिइन् । अनुगमनका क्रममा उनले बाटो गुणस्तरीय र राम्रो बन्दै गरेको जानकारी दिएकी छिन् ।

उक्त सडकको ११० मिटर लम्बाई र साढे ६ मिटर चौडाई रहेको शिवसताक्षी नगरपालिकाले जनाएको छ । नगरपालिकाको स्टमेन्ट भन्दा उपभोक्ताले आफ्नो लगानीमा २२ मिटर सडक धेरै बनाएको बताइएको छ ।

शिवसताक्षी ८ स्थित झिलझिलेको भित्री सडकमा शिवसताक्षी नगरपालिका, वडा नं. ८ को कार्यालय र स्थानिय उपभोक्ताको संयुक्त लगानीमा सडकमा टायल लगाउन थालिएको हो । झिलझिले बजारमा पहिलो गरिएको कालो पत्रे भक्किएर जीर्ण भएपछि इन्टरलक ब्लक लगाउन थालिएको वडाध्यक्ष सन्त फेउदिनले जानकारी दिए ।

सडकमा टायलस लगाउनका लागि शिवसताक्षी नगरपालिकाबाट ७ लाख, वडा नं. ८ बाट ८ लाख र स्थानिय उपभोक्ताले ३ लाख ७६ हजार ९५० गरेर १८ लाख ७६ हजार ९५० को लागतमा निर्माण कार्य सम्पन्न हुने वडा कार्यलयले जनाएको छ।

झिलझिले बजारका अन्य जिर्ण सडक शिवसताक्षी नगरपालिकाको पहलमा सडक विभागले कालोपत्रेको पुन कालोपत्रे गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *