Sajhamanch Archive

राष्ट्रिय रमणीयका विद्यार्थीले बनाए चार पाङ्ग्रे गाडी

Published: (Updated: ) in मुख्य समाचार, विविधा, विविधा, समाज by .

शिवसताक्षी । झापा शिवसताक्षीको दूधे स्थित श्री राष्ट्रिय रमणीयमा अध्ययनरत तीन विद्यार्थीले चार पाङ्ग्रे गाडी निर्माण गरेका छ । शिवसताक्षी नगरपालिका वडा नं. ११ का कक्षा ७ मा अध्ययनरत निशान्त शंकर, सन्देश बराल र प्रसन्न दवाडीले गाडी निर्माण गरी आज दूधेकोसडकमा गाडी कुदाएर देखाएका छन् ।

उनीहरुले स्थानीय बस्नेत गृल उद्योगमा पुराना सामाग्री जोडेर उक्त गाडी निर्माण गरेका हुन् । ४ जनासम्म सवार गर्न सक्ने गाडीको आज सडकमा कुदाएर देखाएका छन् । उनीहरुले माघ १७ गते आफु अध्ययन गरेको विद्यालयको वार्षिकोत्सवको अवसर पारेर उक्त गाडी सार्वजनिक गर्ने योजना गरेको निशान शंकरले जानकारी दिए ।

गाडी निर्माण गर्न करीब १ लाख ५० हजार लागत खर्च भइसकेको उनले बताए । हामीले गाडी निर्माण गर्न ३ महिना लागेको छ । अहिलेसम्म गाडी गुड्न सक्ने बनाएका छौं । अझै धेरै काम गर्न बाँकी रहेको संखरले जानकारी दिए ।

शिवसताक्षी नगरपालिका वा अन्य कुनै निकायहरुले हामीलाई सहयोग गरे रामै्र गाडी बनाउन सकिने समेत उनले बताए । बस्नेत गृलका सञ्चालक डम्बर बस्नेतले भाईहरुको गाडी निर्माण गर्न रहर गरेकाले यसमा लाग्ने सामाग्री जुटाउन र निर्माण गर्न सहयोग गरेको जानकारी दिए ।

गाडीमा लाग्ने चक्का खरिदका लागि सहयोग गरेको श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका पूर्व प्र.अ. कालीप्रसाद रिजालले बताए । विद्यार्थी भाईहरुको उत्साह र उनीहरुले गर्न खोजेको कामका लागि गाडी निर्माण गर्दा लाग्ने ४ वटा पाङ्ग्रा मैले खरिद गरिदिएको हुँ । उनले भने, सामुदायिक विद्यालयहरुमा पनि यस्ता प्रतिभावान् विद्यार्थीहरु हुन्छन् भन्ने यो ज्वलन्त उदाहरण हो ।

गाडीमा ४ वटा व्याट्री र मोटर जडान गरी बनाएको छ । निमार्ण सामाग्री बोक्ने हाते ट्रलीको पाङ्ग्रा लगाएर उक्त गाडी निर्माण गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *