Sajhamanch Archive

राजदूत पौडेल मलेसियाका गृहमन्त्रीसहित उच्चस्तरीय भेटवार्ता गर्दै

Published: in परदेश (प्रवास), राष्ट्रिय समाचार, लोकप्रिय by .

क्वालालम्पुर । मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियामा उच्चस्तरीय भेटवार्ता गरेका छन् । राजदूत पौडेलले मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल र मानव संशाधन मन्त्री भी. शिवकुमारसँग छुट्टाछुट्टै भेटवार्ता गरी नेपाल तथा मलेसियाबीच रहिआएको द्विपक्षीय सम्बन्ध विस्तार र आपसी हितका बारेमा छलफल गरेका हुन् ।

भेटवार्ताका अवसरमा नेपाली युवाका लागि आकर्षक श्रम गन्तव्य रहेको मलेसियामा संख्यात्मक सँगै गुणात्मक वृद्धि कसरी गर्ने भन्नेबारे विचार बिमर्स भएको जनाइएको छ । नेपाली श्रमिकहरु शून्य लागतमा जाने व्यवस्थाको प्रभावकारी कार्यन्वयनका साथै मलेसियामा नेपाली श्रमिकका लागि प्राप्त हुनसक्ने थप रोजगारीका अवसर र कार्यरत नेपाली श्रमिकको सेवा सुविधाबारे पनि कुराकानी भएको दूताबासले जनाएको छ ।

उनीहरुले दुईपक्षीय, क्षेत्रीय तथा वहुपक्षीय स्तरमा पारस्परिक हितका विषयमा साझेदारी गर्दै दुवै मुलुकको राष्ट्रिय हित प्रवर्द्धन गर्न एक अर्कालाई सहयोग गर्दै अघि बढ्ने बारेमा छलफल गरेको दूताबासद्वारा प्रेसित समाचारमा उल्लेख छ ।

गृहमन्त्री इस्माइलले निकट भविष्यमा गर्ने उच्चस्तरीय नेपाल भ्रमणबारे उनीसँग कुराकानी भएको थियो । भ्रमणका क्रममा मलेसियाको ुफरेन वर्कर इम्प्लोइमेन्ट रिल्याक्सेशन प्लानु बारे गृहमन्त्री इस्माइलले नेपाली अधिकारीहरुसँग छलफल गर्ने तयारी रहेको जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *