Sajhamanch Archive

स्तनपायी आमालाई दूधे आयुर्वेदद्वारा निुशल्क औषधि वितरण

Published: in विविधा, समाज by .

शिवसताक्षी । शिवसताक्षीको दुधेमा रहेको आर्युर्वेद आषधालयले स्तनपायी आमालाई दुग्धबर्धक औषधि वितरण गरेको छ । आज आयुर्वेद औषधालयमा ११५ जना सुत्केरी महिलालाई औषधि वितरण गरेको हो ।

उनीहरुलाई शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राई, वडाध्यक्ष बहादुर आङ्गबोले उक्त औषधी वितरण गरेका थिए ।

महिलालाई सुत्केरी अवस्थामा बच्चालाई आवश्यक पर्ने पौष्टिक तत्व रहेको दुग्धबर्धक औषधिले आमा र बच्चाको स्वास्थ्यमा राम्रो हुने, बच्चालाई कुपोषण हुनबाट जोगाउने भएकाले पनि दुधे आयुर्वेदले सुत्केरी महिलाहरुलाई निशुल्क औषधि वितरण गरेको दुधे आयुर्वेदका कविराज तथा निरिक्षक राजेन्द्र पोख्रेलले जानकारी दिए ।

सुत्केरी महिलाहरुलाई यस्तो अवस्थामा विशेष गरी ज्वानोको झोल, गेडागुडीको झोल, सुत्केरी मसला, गुद, काजु, बदाम, छोकडा, बत्तिसा, मिश्री, सख्खर, थप पोषिलो खाना खुवाएमा दुध उत्पादन गर्न मद्दत गर्दछ । आयुर्वेदमा जडिबुटी लगायतका सामाग्रीहरु मिलाएर बनाएको ज्वानो समेतको औषधिले आमाको दुध बढाउने भएकाले यस्ता खालाका औषधिहरु निशुल्क वितरण गरिएको कविराज पोख्रेलले जानकारी दिए ।

कार्यक्रममा शिवसताक्षी नगरपालिकाकी उप्रमुख नरमाया कार्कीले विपन्न परिवारका सुत्केरी महिलाहरुलाई प्राथमिकतामा राखेर औषधि वितरण गर्न सुझाइन् । निम्न आय भएका महिलाहरुले सुत्केरी अवस्थामा पर्याप्त खानेकुरा खान नपाउँदा आमा र बच्चालाई समस्या हुने भएकाले महिला स्वयमसेविकाहरुले विपन्न परिवारका सुत्केरी महिलाहरुको पहिचान गरी औषधी घरमै पु¥याइदिन समेत आग्रह गरिन् । उनले नगरका स्वयमसेविका भनेका गाउँका डाक्टर भएकाले पनि उनीहरुले यस्ता महिलाहरुको विशेष ख्याल राख्न समेत सुझाएकी थिइन् ।

कार्यक्रममा महिला स्वयसेवीका तथा सुत्केरी महिलाहरुलाई अभिमुखीकरण समेत गराएको थियो । कार्यक्रममको सञ्चालन दुधे आयुर्वेदका कविराज तथा निरिक्षक राजेन्द्र पोख्रेलले गरेका थिए । कार्यक्रममा दूधे माविका प्रअ लालमणी सुवेदी, वडाध्यक्ष बहादुर आङ्गबो लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *