Sajhamanch Archive

पूर्णपाठ किन चाहियो ? रास्वपाले गृह मन्त्रालय पाउनु पर्छ : ओली

Published: in मुख्य समाचार, राजनीति, विविधा by .

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीलाई नै दिनुपर्ने बताएका छन् । विराटनगर पुगेका उनले त्यहाँ पत्रकारहरुसँग कुरा गर्दै यस्तो अडान सुनाएका हुन् ।

उनले कांग्रेस गृह राज्यमन्त्री पाए पनि आउने बताउँदै राजनीतिक संस्कारबाहिर गएर कांग्रेसले भाग खोजेको बताए । ‘फेरि रविलाई बनाउनु पर्छ भन्यो भने त्यो रास्वपाको कुरा हो’, अधयक्ष ओलीले भने, ‘अहिले गृह मन्त्रालय रास्वपालाई नै दिनुपर्छ । अन्यथा गर्न मिल्दैन भएको सहमति पनि त्यही हो । अहिले पूर्णपाठ किन चाहियो ?’

उनले कांग्रेसले राजनीतिक संस्कारप्रति आपत्ति जनाउँदै भने, ‘कांग्रेसको राजनीतिक संस्कार र स्तर राखेन । कांग्रेसले उमेदवार हुन्छु भन्नु हामीलाई दिनुस् भन्नु राजनीतिक संस्कारको कुरा होइन । एमालेको राष्ट्रपति उमेदवार नै सत्तापक्षको सहमतिको उमेदवार हो ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *