Sajhamanch Archive

सिद्धान्तको गर्जन र भाषण कति सुनियो सुनियो तर विकास सुनिएनः मन्त्री किँराती

Published: in विविधा, समाज by .

शिवसताक्षी । पर्यटन तथा नागरिक उड्डयनमन्त्री मन्त्री सुदन किराँती जनताको आवश्यकता आधारमा परिणमुखी काम गर्नु पर्ने बताएका छन् ।

२८ औं जनयुद्ध दिवसको अवसरमा नेकपा माओवादी केन्द्र शिवसताक्षीद्वारा आयोजित कार्यक्रममा बोल्दै मन्त्री किराँतीले अहिले जनताले काम र परिणाम खोजेको बताए । हामी अप्ठ्यारो स्थितिबाट गुज्रिएता पनि जनताको काम र विकासलागि हामी सबैले आफ्नो ढंगले जनताको उत्तरदायी बनेर काम गर्नु पर्ने बताए ।
सिद्धान्तको गर्जन धेरै सुनियो, भाषण पनि कति सुनियो, सुनियो यही अनुपातमा विकास सुनिएन । उनले भने, त्यो बेला भनेको कुरा स्मण गर्न चाहान्छु, लामो गन्तव्यमा उडेको जहाजको ककपिटमा बस्ने म पाइलोट होइन ,हजारौ सयौ यात्रुहरुलाई लिई जादै छुइन, मत बरु एउटा अप्ठ्यारो ठाउँमा त्रिसुली र्याप्टीङ्ग गर्ने यात्री हौं हामी ।

र्याप्टीङ्ग गर्ने यात्रुहरु सबैले आफ्नो भुमिका निर्वाह गर्छन र गन्तव्यमा पुग्छ । हामीले कसैले कसैको टाउको माथि लगाएर उम्किने छुट छैन । उनले भने, पर्यटन क्षेत्रमा काम गर्ने सबै अंगहरु चलायमान बनाउन लागि परेको छु ।

जनताको काम एउटै डक्सबाट सबै काम गर्नका लागि एकिकृत कार्ययोजना बन्दै गरेको उनले बताए । जनताले एउटा कामको लागि धेरै ठाउँ धाउनु पर्ने बाध्यता हटाउनका लागि सरकारले एकै ठाउँबाट सबैकाम गर्नका लागि वातावरण मिलाउन लागि परेको बताए ।

हाम्रो समस्या हात्ती जत्रो छ तर समाधान भने भिँगो जस्त्रो छ उनले भने, हामीले प्राथमिकतामा राखेर क्रममा समस्याहरुको समाधान गर्दै जानु छ । समाधान विनाको समस्या कही हुँदैन । त्यसैले कोही नआत्तियौ । उनले शिवसताक्षीका त्रिधाममा पर्यटन भित्र्याउन यहाँका होटलहरुमा सुविधा दियौ, सत्कार दियौ, राज्यका सबै निकायहरुलाई पर्यटक भित्र्याउन चयालनमा बनाउन सुझाए । केन्द्रिय सरकारबाट सक्ने सहयोग म गर्नेछु ।

कार्यक्रममा प्रदेश नं. १ का सासद राधाकृष्ण खनालले जनयुद्ध दिवसको शुभकामना व्यक्त गरेका थिए । उनले जनताको आवश्यता पुरा गर्न लागि परेको बताए। आवश्यताहरु धरै भएकाले क्रमशः प्राथमिकता राखेर काम गर्दै जाने बताए ।

त्यस्तै शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले शिवसताक्षी नगरपालिकाका झापाको चौथो ठूलो भूगोल भएकाले जनताको आवश्यताहरु धेरै रहेको बताए । एकतिर जनताको आवश्यकता धेरै र बजेट भने कटौति हुने भएकाले सोचे अनुसार काम गर्न गाह्रो भएको बताए । यहाँ व्यवसायीहरु टाट पल्टदै जाने क्रममले पनि आर्थिक तरलता झन बलियो भन्दै गएको बताए । जग्गाको कित्ता काट रोकिदा आर्थिक झन् संकटमा परेको छ । व्यापारीहरुले जग्गा विक्री गर्न नपाउँदा समेत बैंक व्याज तीर्न व्यापारीलाई गाह्रो भएको छ । बैकले एकातिर व्याजदर बढाउँदै नाफा कमाउदै जाने अर्कोतिर वित्तीय संस्थाहरुले ऋणी तीन नसक्दा घर लीलाम गर्दै जाने देखिएको छ । शिवसताक्षी नगरपालिकाले घर लिलामीको सिफारिस र नदिने समेत उनले बताए ।

कार्यक्रममा पूर्व कृषि मन्त्री झलसिं दर्लामीले यहँका विविध समस्यहरुको बारेमा जानकारी गराएका थिए
कार्यक्रममा शिवसताक्षी नगरपापिलकाकी उपप्रमुख नगरमाया कार्कीलगायत विभिन्न पार्टीका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *