Sajhamanch Archive

केर्खाका सबिन खड्कालाई १० वर्षे छात्रवृत्ति, पहिलो किस्ता ५५०० प्रदान

Published: in परदेश (प्रवास), शिक्षा, समाज, स्थानीय तह by .

कमल । झापाली समाज युएईले शहीद धर्मभक्त माविका एकजना विद्यार्थीलाई कक्षा १० सम्म अध्ययन गरुन्जेलसम्मका लागि छात्रवृत्ति प्रदान सुरु गरेको छ ।

सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा अनाथ विद्यार्थीलाई प्रदान गरिने १० वर्षे छात्रवृत्ति कार्यक्रम अन्तर्गत कक्षा १ मा अध्ययनरत सबिन खड्कालाई ५ हजार ५०० रुपैयाँ प्रदान गरिएको हो ।

विद्यालयमा एक कार्यक्रमको आयोजना गरी बुबाआमा विहीन ती बालकलाई छात्रवृत्ति रकम प्रदान गरिएको हो । उनलाई हरेक वर्ष शैक्षिक स्तरको आवश्यकता अनुसार कक्षा १० सम्म अध्ययन गरुन्जेल छात्रवृत्ति रकम प्रदा नगरिरहने झापाली समाज युएईका निवर्तमान उपाध्यक्ष तथा कमल गाउँपालिका संयोजक राजेन्द्रकुमार दाहालले जानकारी दिएका छन् ।

झापाका प्रत्येक सामुदायिक विद्यालयमा अध्ययनरत गरिव तथा अनाथ एक एकजना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने कार्यक्रम बनाइएको झापाली समाज युएईका पूर्व केन्द्रीय सदस्य मित्रलाल पोखरेलले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *