शिवसताक्षी ११ का कृषकलाई स्प्रे ट्यांकी र वडा नंं ५ का स्वास्थ्य सेविकालाई साइकल वितरण
Published:
by .शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ११ ले कृषकहरुलाई स्प्रे ट्यांकी वितरण गरेको छ । वडाले शिलिङ बजेटबाट प्रति थान २३ सय बराबरको ४१ जना कृषकलाई स्प्रे ट्यांकी वितरण गरेको हो ।
वडाले वडा कार्यलयमा एक कार्यक्रमको आयोजना गरी ट्यांकी वितरण गरेको जनाएको छ। स्प्रे ट्यांकी शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राई र वडाध्यक्ष बहादुर आङ्बेले वितरण गरेका थिए ।
त्यस्तै शिवसताक्षी नगरपालिका वडा नं. ५ मा वडाको शिलिङ बजेटबाट स्वास्थ्य सेविकालाई साइकल वितरण गरिएको छ । वडा नं. ५ मा कार्यरत स्वास्थ्य सेविकाहरुलाई प्रोत्साहन स्वरुप र स्वास्थ्य सेवा दिन जान सहज होस् भन्ने उद्देश्यले ४ जना स्वास्थ्य सेविकाहरुलाई व्याग र साइकल वितरण गरिएको वडाध्यक्ष सिकिन पास्वानले जानकारी दिए । वडाले ४०हजार बराबरको ४ थान व्याग र ४ थान साइकल वितरण गरेको जनाएको छ।
Comments