Sajhamanch Archive

शिवरात्रीमा सताक्षीधामका साधुसन्तलाई खाद्य सामाग्री वितरण

Published: (Updated: ) in विविधा, समाज by .

शिवसताक्षी । झापाको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल सताक्षीधामका साधुसन्तलाई खाद्यन्य सामाग्री वितरण गरिएको छ ।

शिवसताक्षी ७ स्थित व्याङ्गडाँडा का गोपाल ओली र उनकी श्रीमती तुलसा देवी ओलीले शिवरात्रीको अवसरमा सताक्षीधाम आश्रित साधु सन्तलाई खाद्यन्य सामाग्री वितरण गरेका हुन् ।

उनीहरुले आज धाम परिसरमा ९ जना साधु सन्तलाई प्रति व्यक्ति २० केजी चामल, १ केजी दाल, १ केजी चिउरा, १ केजी नुन, ५ लिटर खाने तेल, १ प्याकेट विस्कुट वितरण गरिएको हो ।

खाद्यन्य सामाग्री वितरण कार्यक्रममा गोपालले ओलीले यहँका सन्तहरु आफ्नो पेट पाल्नका लागि विभिन्न ठाउँहरुमा दानका लागि जानु पर्ने बाध्यतालाई केही राहत मिल्ले उद्देश्यले केहीदिनका लागि पुग्ने खाद्य सामाग्री वितरण गरिएको बताए ।

एउटा धार्मिक क्षेत्रको गहनाको रुपमा रहेका साधु सन्तहरुलाई आफुले कमाएको केही अंश दान दिएर पुन्यको काम गरेको उनको भनाई थियो । कार्यक्रममा सताक्षीधाम धार्मिक तथा पर्यटन विकासका अध्यक्ष तुलाराम बोखिमले ओली परिवारले गरेको पुन्यको कामलाई प्रशंसा गर्दै धन्यवाद दिएका थिए ।

ओली परिवारले यस अघि पनि सताक्षीधाम स्थित श्री गुरुकोलमका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको थियो ।

कार्यक्रमको सञ्चालन श्री गुरुकोलमका प्राचार्य मदनमोहन अधिकारीले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *