पूर्वराजालाई ओलीको प्रश्न: २४० वर्षसम्म देशलाई कहाँ पुर्याउनुभो?
Published:
by .काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा अोलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पुरानै झल्को आइरहेको बताएका छन्।
आइतबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले पूर्वराजा शाह आफ्ना वरिपरि दुईचार जना मान्छे देखेपछि जोशमा आएर हौसिएको बताए।
‘ज्ञानेन्द्रजी आफैँ अलमलमा हुनुहुन्छ। उहाँलाई अझै पनि पुरानै झल्को आइरहेको छ। त्यो झल्काले दुई चार जना मान्छे अगाडि देख्यो भने जोश आउँछ। १५ वर्ष अगाडिसम्म २४० वर्षसम्म उहाँहरूले नै चलाएको होइन?,’ उनले प्रश्न गरे, ‘के बनाउनुभएको थियो? देशलाई कहाँ पुर्याउनुभएको थियो? १५ वर्षमा देशलाई मिलाउनुपर्ने होला। २५० वर्ष त खाएको छैन् होला नि।’
अध्यक्ष ओलीले पूर्वराजासँग कुनै सहकार्य हुन नसक्ने बताए।
हिजो साँझ मात्र पूर्वराजा शाहले प्रेस वक्तव्य जारी गर्दै देशको अधोगति आफूले हेरेर मौन बसिरहन नसक्ने भन्दै राजनीतिक दलहरू र राजसंसथाबीच सहकार्यको खाँचो रहेको औँल्याएका थिए।
Comments