हात्तीपाईले रोग निवारण आम औषधि सेवन अभियानलाई तिव्रता दिदैं कमल गाउँपालिका
Published:
by .कमल । राष्ट्रिय हात्तीपाईले रोग निवारण आम औषधि सेवन अभियान २०७९÷८० लाई सफल बनाउन कमल गाउपालिकाले तिव्रता कार्यकम लागु भएका सब स्थानीयतह लागी परेका छन् ।
राष्ट्रिय हात्तीपाईले रोग निवारण आम औषधि सेवन अभियानलाई सफल बनाउन झापाको कमल गाउँपालिकाले समेत पालिका स्तरिय विभिन्न गोष्ठी र अन्तरकृया गरिरहेको स्वस्थ्य शाखाले जनाएको छ ।
कार्यक्रममा फागुन ४ गते गाउँपालिकाका स्वस्थ्यकर्मी र ८ गते (आज) महिला स्वस्थ्य स्वयम सेविकाहरुलाई अभिमुखीकरण सम्बन्धि तालिम प्रदान गरिएको स्वस्थ्य शाखा प्रमुख ईन्द्र अर्यालले जानकारी दिए ।
आगामी फागुन ११ गते बाट कार्यक्रम लागुभएका जिल्लामा एकैसाथ हात्तीपाईले रोग निवारण आम औषधि सेवन कार्यक्रम सन्चालन हुनेछ ।
आम औषधि सेवन अभियान कार्यक्रममा २ वर्ष भन्दा मुनिका वालबालिका , ७ दिनका सुत्केरी, गर्भवती महिला र सिकिस्त विरामी बाहेकका सबैले अनिवार्य औषधि सेवन गर्नुपर्ने हुन्छ ।
स्वस्थ्य कार्यालय झापाका फोकल पर्सन विश्वनाथ श्रेष्ठले सहजी करणगर्नु भएको कार्यक्रममा जनप्रतिनिधी, सामाजिक संघ सस्थाका प्रतिनिधी, शिक्षक,उद्योग वाणिज्य संघका प्रतिनिधी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमा उपस्थित सम्पुर्ण सहभागीले आम औषधि सेवन अभियान २०७९÷८० कार्यक्रम सफल बनाउनकोलागी प्रतिवद्धता पत्रमा हस्ताक्षण समेत गरेका थिए ।
Comments