Sajhamanch Archive

शिवसताक्षीमा हात्ती पाइले रोग विरुद्ध औषधि खुवाउन सुरु

Published: (Updated: ) in विविधा, विविधा, स्थानीय तह by .

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिकामा हात्ती पाइलेको औषधि खुवाउन आजबाट सुरु गरिएको छ । हात्ती पाइलेको औषधि शिवसताक्षी नगरपालिकाका नरप्रमुख मेगाहाङ्ग थोप्रा, उपप्रमुख नरमाया कार्कीले औषधि सेवन गरी हात्ती पाइलको औषधि वितरण गर्न थालिएको हो ।

शिवसताक्षी नगरपालिकाका नगरप्रमुख थोप्राले शिवसताक्षी नगरबासीका घर घरमा गएर हात्ती पाइले रोग विरुद्धको औषधि खुवाइने जानकारी दिए । उनले हात्ती पाइले रोग विरुद्धको औषधि सबै नगरबासीहरुले अनिवार्य खानु पर्ने बताए । नगरपालिकाले हात्ती पाइले रोग विरुद्धको औषधी सेवन गर्दा पारिवारिक कार्ड बनाएर आजबाट खुवान सुरु गरिएको हो । नगरपालिकाबाट नगरबासीले सेवा लिदा आउँदा हात्ती पाइलनेको औषधि सेवन गरेको कार्ड अनिवार्य ल्याउनु पर्ने नगरप्रमुख थोप्राले बताए ।

नगरपालिकाले हात्ती पाइले रोग विरुद्ध औषधि सेवनका लागि नगरका सबै वडाहरुमा प्रचार प्रसार गरेको थियो । आज शिवसताक्षी नगरपालिका ११ स्थित दूधे बजारबाट हात्ती पाइले रोग विरुद्धको औषधि खुवाउन सुरु गरिएको स्वास्थ शाखा स्वास्थ्कर्मी रोषन अधिकारीले जानकारी दिए ।

नगरपालिकाका ११ वटै वडाहरुमा हात्ती पाइले विरुद्ध औषधि खुवाउन सुरु भएको शिवसताक्षी नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । औषधि खुवाउन ४४ जना स्वास्थ्यकर्मी परिचालन गरिएको शिवसताक्षी नगरपालकाले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *