दृष्टि दिवसमा पट्टी बाँधेर र्याली
Published: (Updated: )
by .मेचीनगर । विश्व दृष्टि दिवसको अवसर पारेर विहीबार काँकरभिट्टास्थित मेची नेत्रालय आँखा अस्पताल र दुर्गाचन्द्र मेमोरियल ट्रस्टले अध्यारोतर्फ हिड्दा भन्ने श्लोगनका साथ र्याली आयोजना गरेको छ ।
अस्पताल परिसरबाट आँखामा पट्टी बाँधेर शुरु भएको र्याली काँकरभिट्टा बजारको मुख्य मुख्य भागको परिक्रमा गरी अस्पताल परिसरमा पुगेर संक्षिप्त सभामा परिणत भएको थियो । र्यालीमा नगरका विभिन्न संघ संस्थाहरुले सहभागिता जनाएका थिए ।
अस्पतालका प्रमुख डाक्टर शरदचन्द्रप्रकाश राईले आँखाको महत्व बुझेर नेत्रदानका लागि सवैमा अपिल गरे । उनले मेची नेत्रालय आँखा अस्पतालको प्राविधिक सहयोगमा दुर्गाचन्द्र मेमोरियल ट्रस्टले ६ जनाको आँखा संकलन गरिसकेको २ सय ५० भन्दा बढीले नेत्रदानका लागि इच्छा पत्रमा हस्ताक्षर गरेको जानकारी दिए ।
हरेक वर्षको अक्टोवर महिनाको दोस्रो विहीवार आँखा स्वास्थ्य क्षेत्रको लागि अत्यन्तै महत्वपूर्ण दिन हो । प्रत्येक यस दिनलाई विश्व दृष्टि दिवसको रुपमा मनाउने गरिन्छ । यो ‘आँखा सेवा सबैका लागि’ भन्ने मुख्य नारासहित विश्वभर यो दिवस मनाइयो ।
Comments