Sajhamanch Archive

त्रिदेशीय क्रिकेट श्रृंखला: आज नेपाल र युएई खेल्दै, सन्दीप पनि मैदानमा उत्रिने

Published: in विविधा by .

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय एक दिवसीय श्रृंखलामा नेपालले दोस्रो खेलमा आज (बिहीबार) घरेलु टोली यूएईसँग भिड्दै छ । खेल दुबईमा बिहान पौने १२ बजेदेखि शुरु हुनेछ ।

लिग–२ मा लगातार पाँच खेल जितेको नेपालले उत्कृष्ट लय समातेको छ । आजको खेलमा नेपालले युएईलाई हराउन सकेमा आफ्नो एक दिवसीय क्रिकेट इतिहासमा लगातार छैटौं जितको कीर्तिमान बनाउने छ । श्रृङ्खलाको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई पराजित गरेको थियो ।

आजको खेलमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने पनि मैदानमा उत्रिने छन् । सर्वोच्च अदालतले विदेशमा खेल्न अनुमति दिएपछि सन्दीप हिजो (बुधबार) युएई उडेका हुन् । नेपाली टोलीका सदस्य श्याम (मौसम) ढकालको स्थानमा सन्दीपलाई युएई पठाएको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । मंगलबार भएको अभ्यास खेलका क्रममा ढकाल घाइते भएपछि सन्दीपलाई युएई पठाइएको क्यानले जनाएको हो । नेपालले अर्को खेलमा भोलि पपुवा न्यूगिनी र आइतवार युएईसँग खेल्ने छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *