Sajhamanch Archive

शिवसताक्षी उद्योग वाणिज्य संघद्वारा बैंक तथा वित्तीय संस्थाहरुको चर्को व्याज दर विरुद्ध विरोध प्रदर्शन

Published: in विविधा, समाज by .

शिवसताक्षी । शिवसताक्षी उद्योग वाणिज्य संघले बैंक तथा वित्तीय संस्थाले चर्को व्याज असुलेको भन्दै त्यसको विरोध गरेको छ । आज शिवसताक्षी नगरका बैंकहरुमा विरोध प्रदर्शन गर्दै १४ सूत्रिय माग सहित ज्ञापन पत्र बुझाएको छ ।

बैंकले ऋण दिदा सम्झौता गरेको व्याज बढाइदिदा व्यापारीहरुको ऋण झन् बढ्न जाँदा थेग्न नसक्ने भएपछि उद्योग बाणिज्य संघ बाध्य भएर बैंक तथा वित्तीय संस्थाहरुप्रति विरोध प्रदर्शन शिवतसाक्षी उद्योग बाणिज्य संघले जनाएको छ ।

हामी व्यापारीहरुले ८ प्रतिशतमा व्याज लिएको ऋण आज १८ प्रतिशत सम्म पुगेको छ । हामीले २ महिनामा तिर्ने व्याज एक महिनामा तीर्न बाध्य भएका छौं । त्यो हाम्रो आम्दानीले थेग्न नसक्ने अवस्था भएको शिवसताक्षी उद्योग बाणिज्य संघका अध्यक्ष यामनाथ काफ्लेले बताए । एकातिर बैंक तथा वित्तीय संस्थाहरुको नाफा बढ्दै जाने अर्को तिर व्यापारीहरुको घर जग्गा लिलामी हुँदै जाने भएकाले व्यापारी र बैंकको सन्तुलन मिलान हामी जोडदार माग गर्दछौ । अध्यक्ष काफ्लेले भने, कर्जा लिंदा सम्झौता गरिए अनुसार नै व्याज दर कायम गरियोस ।

शिवसताक्षी उद्योग बाणिज्य संघले व्यापारीहरुलाई कर्जा व्याज र किस्ता तिर्ने विषयमा अनावश्यक मानसिक तनाव दिने कार्यको अन्तय गरिनु पर्ने, आर्थिक मन्दीका कारण समयमा साँवा व्याज भुक्तानी गर्न कठिनाई भएकाले किस्ता भुक्तानीको म्याद थप्नु पर्ने जस्ता ज्ञापन पत्रमा उल्लेख छ । त्यस्तै आर्थिक मन्दीको समयमा व्यावसायीहरुलाई कालोसूचीमा राख्ने वा लिलामी प्रकृया गर्ने गरेको थाहा भएकाले त्यस्तो त्यस्तो क्रियाकलाप बन्द गर्नु पर्ने, कर्जा नविकरण गर्दाका बखत गरिएको अनावश्यक सेवा शुल्क लिने कार्यको अन्त्य गर्नु पर्ने, निक्षेपमा हाल दिदै आएको व्याजदर घटाए वेसरेट न्युनतम पारी कर्जा लगानीको नीति परिवर्तन गर्नु पर्ने जस्ता माग ज्ञापन पत्रमा उल्लेख गरिएको छ।

उद्योग वाणिज्य संघले शिवतसाक्षीमा रहेको राष्ट्रिय बाणिज्य बैंक, एक्सल बैंक, एनएमबी बैंक, एनआईसी एसिया, बैंक, प्राइम बैंक, हिमालयन बैंक लगायतका बैंकहरुमा विरोध प्रदर्शन गर्दै ज्ञापन पत्र बुझाएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *