कमल गाउँपालिकामा बजार अनुगमन
Published: (Updated: )
by .कमल । चाडपर्व नजिकिए सँगै बजारमा उपभोग्य बस्तुको मुल्य वृद्धि हुनुका साथै बजारमा उपभोग्य मिति समाप्त भएका सामनको पनि विक्री वितरण हुने भएकोले झापाको कमल गाउँपालिकाले आज बजार अनुगमन गरेको छ ।
काउँपालिकाले एक अनुगमन टोली बनाएर विहीबारबाट गाउँपालिकामा रहेका केर्खा र क्याम्पा बजारबाट अनुगमन सुरु गरेको टोलीका संयोजक रामचन्द्र मिश्रले जानकारी दिए ।
अनुगमनका क्रममा किराना पसल, मासु पसल, होटल लगायतका पसल अनुगमन गरिएको थियो । अनुगमन गरिएका पसल मध्ये तीन वटा पसलबाट उपभोग्य मिति समाप्त भएका टमाटो सस, चिसो पेय पदार्थ जस्ता सामन फेला परेको छ । त्यस्ता मिति गुज्रिएका खाद्य पदार्थलार्ई तुरुन्त पसलबाट हटाउन निर्देशन दिएको संयोजक मिश्रले बताए ।
टोलीले अनुगमनका क्रममा पसल दर्ता, मुल्य सुचि, उपभोग्य मिति, अखाद्य तत्व मिसावट, पसलको सरसफाई जस्ता कुरालाई मध्यनजर गर्दै अनुगमन गरिएको टोलीका सदस्य पर्शु फुयलले जानकारी दिए ।
Comments