Sajhamanch Archive

शिवसताक्षीमा सञ्चालित लोकसेवा तयारी कक्षामा ५० जनाको सहभागीता, आज गरियो समापन

Published: in विविधा by .

शिवसताक्षी । शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. ६ मा निशुल्क लोकसेवा कक्षा सञ्चालन भएको छ । निशुल्क लोकसेवाको कक्षाको आज समापन भएको हो । ३० दिन सम्म चलाइएको उक्त कक्षामा ५० जना सहभागी भएका थिए ।

शिवसताक्षी नगरपालिका वडा न ६ को आयोजनामा लोकसेवा तयारी कक्षा सञ्चालन गरिएको वडाध्यक्ष मनोज खुलालले जानकारी दिए । उनले लोक सेवा परीक्षाको तयारीका लागि दमक वा विर्तामोड धाउनु पर्ने बाध्यतालाई अन्त्य गर्दै वडाले स्थानीय स्तरमै कक्षा सञ्चालन गरेको जानकारी दिए ।

शिवसताक्षी नगरपालिका भित्र पनि लोकसेवा दिन बसेका धेरै विद्यार्थीहरु छन्, उनले भने, कोही निजी विद्यालय तथा विभिन्न संघ सस्थाहरुमा कार्यरत छन् भने कोही विपन्नताका कारण तयारी कक्षा लिन सकिरहेका छैनन् । उनीहरुलाई मध्यनजर राख्दै लोकसेवा परीक्षाको तयारी कक्षा सञ्चालन गरिएको हो । यसले धेरै लोकसेवा परीक्षा दिइने विद्यार्थीहरुलाई राहत पुगेको छ।

लोकसेवा तयारी कक्षा शिवसताक्षी ६ स्थित श्री जनआदर्श माध्यमिक विद्यालयमा सञ्चालन गरिएको थियो । जसमा शिवसताक्षी ६, ४ ५ का विद्यार्थीहरुले सहभागीता जनाएको थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *