Sajhamanch Archive

चौतर्फी आलोचना भएपछि वामदेव गौतम पछि हटे

Published: in राजनीति by .

काठमाडौं । चौतर्फी आलोचना भएपछि काठमाडौं क्षेत्र नम्बर ७ मा उमेदवारीको तयारीमा रहेका नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का नेता वामदेव गौतम पछि हटेका छन् ।

उनले आफू निकट नेताहरुसँग अब काठमाडौंमा चुनाव नलड्ने घोषणा गरेका हुन् । उनलाई सांसद बनाउन रामवीर मानन्धरले सांसदबाट राजीनामा दिने घोषणा गरेपछि पार्टीका शीर्ष नेता र सामाजिक सञ्जालमार्फत नेकपासहित गौतमको पनि चर्को आलोचना भएको थियो ।

गौतमले बिहीबार नै काठमाडौं ७ का स्थानीय नेताहरुसँग भेट गरेर आफू अब चुनाव नलड्ने बताएका थिए ।

उक्त योजनाबाट आफू पछि हटेको धारणा राखेका थिए । बिहीबार नै काठमाडौंका प्रदेशसभा सदस्यहरुको पनि भेला भएको थियो । उक्त भेलाले पनि अहिले काठमाडौं ७ मा चुनावी प्रतिष्पर्धा गर्नु उपयुक्त नहुने निष्कर्ष निकाल्दै नेतृत्वलाई सुझाव दिने तयारी गरेका थिए ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *