Sajhamanch Archive

साना किसान कृषि सहकारीका पूर्व कार्यसमिति तथा लेखा समिति सम्मानित

Published: (Updated: ) in समाज, सहकारी by .

शिवसताक्षी । साना किसान कृषि सहकारी संस्था लि. शिवसताक्षी–२ धरमपुर मंगलबारले बार्षिक उत्सव विविध कार्यक्रम गरि सम्पन्न गरेको छ।

शिवसताक्षी वडा नम्बर –२ का वडा अध्यक्ष भीमबहादुर नेम्वाङको प्रमुख आतिथ्यता तथा सहकारी संस्थाका अध्यक्ष शमशेर बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा निवर्तमान कार्यसमिति तथा लेखा समितिलाई उहाँहरूको सहकारी संस्थाप्रतिको योगदानको मूल्यांकन गर्दै सम्मान समेत गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि नेम्वाङले अहिले वितिय संघ संस्था तथा सहकारीहरुवाट लिएको ऋण र व्याज रकमको विषयमा भ्रामक समाचारहरु सामाजिक संजालमा आइरहेकोले त्यस्ता हल्लाको पछि नलाग्न सम्पूर्ण शेयर सदस्यहरुलाई सुझाव दिएका छन्।

साना किसान कृषि सहकारीले यस क्षेत्रमा रहेका स साना किसानहरुको पुजीलाई संकलन गरि उनीहरुको जिवनस्तर सुधार गर्नमा महत्वपूर्ण भूमिका खेलिरहेको छ ।

विश्व बजार लगायत हाम्रो देश आर्थिक तरलताको संकटमा रहेको बेला यो सहकारीले भने आफ्ना शेयर सदस्यहरुलाई बार्षिक उत्सव कार्यक्रमको अवसरमा बाख्रापालक किसानहरू चन्द्रकला पौडेललाई ९ हजार ६सय रुपैयाँ र श्रीप्रसाद पोखरेललाई १९ हजार २ सय रुपैयाँ त्यस्तै गाईपालक किसान प्रेमप्रसाद पोखरेललाई ५२ हजार रुपैयाँ पशु बिमा बापतको क्षतिपूर्ति रकम दिएको छ।

सहकारी किसानहरुको खेती जस्तो रहेको हुदा आफ्नो खेतीको हेरचाहा पनि आफैले गर्नुपर्ने भन्दै अन्तर समूह संचालन खर्च बापत प्रत्येक ५ हजार रुपैयाँका दरले १३वटा अन्तर समूहलाई ६५ हजार रुपैयाँ कार्यक्रममा वितरण गरिएको छ।
सिपमुलक,आयमुलक,उत्पादनमुलक र स्वरोजगारमुलक यस सहकारीको कार्यक्रमल सञ्चालनले निर्वाहमुखी खेती प्रणाली गरिरहने किसान आज व्यवसायिक पशुपालन गरिरहेका छन् । सहकारीबाट कर्जा लिएर गाई भैंसी पालन गरि मासिक ५० हजारको दूध बिक्री गरिरहेको किसानहरु बताउँछन् ।

कार्यक्रममा पशुपालक २४ जना शेयर सदस्य किसानहरूलाई गोठ सुधार कार्यक्रम अन्तरगत जनही १० हजारका दरले २ लाख ४० हजार रुपैयाँ अनुदान रकम वितरण गरिएको सहकारीका अध्यक्ष बस्नेतले बताए ।

७६२ महिला, १८२ पुरुष सहित कूल ९४४ शेयर सदस्य कायम भएको उल्लेख छ । संस्थामा ७ करोड ७८ लाख २६हजार ५ सय ७६ रुपैयाँको वासलात रहेको र ३४ लाख ८४ हजार ५ सय ५३ रुपैयाँ खुद नाफा रहेको जनाइएको छ ।

संस्थाको चिस्यान केन्द्रमा दुध उपलब्ध गराउने कृषक सदस्यहरुले व्यवसायिक रुपमा गाई, भैंसी पालन गर्ने माग गरेमा परियोजना हेरी ऋण प्रदान गर्ने ,किसानको पशुधन सुरक्षाका लागि पशु बीमाको कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।त्यस्तै जेष्ठ शेयर सदस्यको सम्मान र मृत्यु भएमा मृत्यु राहत स्वरुप १० हजार रुपैयाँ प्रदान गर्ने लगायतका लोककल्याणकारी कार्यक्रमलाई अघि बढाउने नीति लिएको छ ।
कार्यक्रममा निवर्तमान उपाध्यक्ष खडानन्द घिमिरे ,मनमाया तिवारी ,शान्तीराम भट्टराई ,डम्बरबहादुर दाहाल लगायतले शुभकामना मन्तव्य राखेका थिए।

संचालक समितिका सदस्य गंगाबहादुर राईले स्वागत गरेको कार्यक्रम संचालन भने संस्थाको व्यवस्थापक उमा रिजालले गरेकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *