Sajhamanch Archive

शिवसताक्षीको चन्द्रडाँगीमा ७ दिवशीय सेनेटरी प्याड बनाउने तालिम सुरु

Published: in विविधा, समाज, स्थानीय तह by .

शिवसताक्षी । झापाको शिवसताक्षी वडा नं. ७ चन्द्रडाँगीमा सेनेटरी प्याड बनाउने तालिम आजबाट सुरु भएको छ । शिवसताक्षी नगरपालिका ११ वटै वडाहरुबाट ३÷३ जना महिलाहरुलाई सहभागी गराई उक्त तालिम सुरु गरिएको हो ।

तालिमको आज शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईले उद्घाटन गरेका हुन् ।

तालिम उद्घाटनका क्रममा बोल्दै उपप्रमुख कार्कीले महिलाहरुका लागि अति आवश्यकको रुपमा रहेको सेनेटरी प्याड आफै उत्पादन गरेर आत्मनिर्भर बन्न सुझाइन् । उनले बजारमा पाइने सेनेटरी प्याड भन्दा आफै बनाउन सके त्यसले महिलाहरुलाई धेरै फाइदा पुग्ने बताइन् ।

सेनेटरी प्याड बनाउने तालिम ७ दिन सम्म चल्ने शिवसताक्षी नगरपालिकाका कार्यक्रम अधिकृत महेश लामिछानेले जानकारी दिए ।

कार्यक्रममा शिवसताक्षी नगरपालिकाका प्रशासकीय अधिकृत अमृतबहादुर राई, वडाध्यक्ष भवानी चेम्जोङ्गलगायतले शुभकामना मतव्य राखेका थिए । सेनेटरी प्याड बनाउने तालिम सम्पन्न सवल नेपालको आयोजना र शिवसताक्षी नगरपालिकाको समन्वयमा सुरु भएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *